कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा

मकवानपुर, २५ असोज ।

मकवानपुरको कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएको छ । पालिकाकाे वडा नम्बर- ७ स्थित स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएकाे हाे ।

भौगोलिक विकटताको कारण सहज र सुलभ स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित कैलाशका स्थानीयलाई वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएसँगै उपचारमा सहज हुने भएकाे छ । बुधबारबाट कैलाशमा भिडियो  एक्सरे सहित  गर्भावस्था जाँच तथा वर्थिङ सेन्टर  कार्यको सुरुवात गरिएकाे छ ।

बुधबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले एक्सरे सहित गर्भावस्था जाँच तथा वर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् ।  पालिकामा रहेको स्वास्थ्य चौकीमा गर्भवतीसँग पालिका प्रमुख कार्यक्रम अन्तरगत पहिलो कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष माेक्तानले बताए । कैलाश गाउँपालिका चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेकोले पनि नियमित गर्भवती परीक्षण नगर्ने भएकाले स्वास्थ्य चौकीमै विशेषज्ञका साथ भिडियो एक्सरे सेवा सुरु गरिएको वडा ७ का वडा अध्यक्ष उदास ब्लोनले बताए ।

वर्थिङ सेन्टरबाट बुधबार ४० जना गर्भवती महिलाले परीक्षण सुविधा लिएकाे वडाध्यक्ष भ्लोनले जानकारी दिए । विदुर भण्डारीसहितकाे स्वास्थ्य टोलीले गर्भवती महिलाकाे स्वास्थ्य परीक्षण गरेका थिए ।  गाउँपालिकाले वार्षिक कार्यक्रमै समेटिएर कार्यक्रम पालिका अध्यक्ष मोक्तानले जानकारी दिए । पालिकाका प्रत्येक गर्भवती महिलाले सुरक्षित गर्भावस्था जाँच सेवा प्रदान गर्ने र  हेटौंडा अस्पतालका डाक्टर  विदुर भण्डारीसँगको सहकार्यमा महिनाको दुई पटक गाउँपालिकामा उक्त सेवा दिने अध्यक्ष मोक्तानले बताए ।

त्यसैगरी गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णकुमार यादवले स्त्री रोग विशेषज्ञले स्वास्थ्य चौकीबाटनै सेवा प्रदान गर्ने बताए । यादवले पालिकामा वडा नम्बर २, ३, ५, ८, ९ मा यस अघिनै वर्थिङ सेन्टर सञ्चालन भइसकेको बताए ।  कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, डाक्टर विदुर भण्डारी, स्वास्थ्य संयोजक कृष्णकुमार यादवलगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट