इजरायलबाट २५३ विद्यार्थी बोकेर काठमाडौं आउँदै नेपाल एयरलाइन्सको विमान

भरतपुर, २५ असोज ।
इजरायलमा रहेका दुई सय ५३ जना नेपाली विद्यार्थीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज उडेको छ ।

इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । परराष्ट्र मन्त्री एनपी साउद नेपाली विद्यार्थी लिन इजरायल पुगेका थिए ।

आज राति १:३० बजे जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । दुई सय ७४ सिट क्षमताको नेपाल एयरलाइन्सको वाइडबडी जहाज बुधबार राति इजरायलका लागि प्रस्थान गरेको थियो ।

परराष्ट्रमन्त्री एनपी साउदसमेत उद्धारमा प्रत्यक्ष सहभागी भएका छन् । इजरायलमा चार हजार पाँच सय जना नेपाली कामदार (केयर गिभर) छन् । उनीहरू सुरक्षित छन् । दुई सय ६५ जना नेपाली विद्यार्थीमध्ये हमासको आक्रमणबाट गत शनिबार १० जनाको मृत्यु भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट