मोटरसाइकलको ठक्करबाट घाइते पौडेलको उपचारको क्रममा मृत्युु

मकवानपुर, २२ असोज ।

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १७ हटियामा मोटरसाइकलले साइकललाई ठक्कर दिदा घाइते भएका धर्मराज पौडेलको उपचारको क्रममा मृत्यु भएको छ ।

आइतबार ५ बजेको समयमा हेटौडा १७ सानोगंगटेस्थित धरान चतरा सडक खण्डमा हेटौडा बजारबाट हात्तिसुडेतर्फ जादै गरेको ना.६ प.७१२ नं.को मोटरसाइकलले सोही दिशा तर्फ जादै साईकल यात्री पौडेल लाई ठक्करदिदा घाइते भएका थिए ।

पौडेलको टाउकोमा चोट लागेको तथा अबस्था गम्भिर रहेकोमा हेटौडा अस्पतालमा उपचारको लागि ल्याइएकोमा थप उपचारको लागि भरतपुर पठाइएको थियो ।

पौडेलको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा सोमबार बिहान ९ बजे डाक्टरले मृत घोषणा गरेका हुन । मोटरसाइकल चालक जिल्ला मकवानपुर बकैया गाउँपालिका १२ घलेगाँउका ३१ वर्षीय बलराम घले जिल्ला प्रहरी कार्यलय मकवानपुरको नियन्त्रणमा रहेको बताइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट