लाईफलाईन एण्ड हेयर ट्रान्सप्लान्टले निशुल्क स्वास्थ्य शिविर गर्दै

भरतपुर, २२ असोज ।
भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेज अगाडि रहेको लाइफलाइन हेयर ट्रान्सप्लान्ट तथा स्किन केयरले कपाल तथा अनुहारको निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ । स्किन केयरले असोज २८ देखि ३० गतेसम्म काठमाडौँका विशेषज्ञद्वारा सेवाग्राहीलाई निःशुल्क कपाल तथा अनुहारको ओपिडी परीक्षण सेवा दिन लागेको हो ।

लाईफलाइनले चाडबाडको अवसर पारेर गुणस्तरीय सेवा दिने उद्देश्यसहित निःशुल्क ओपिडी परीक्षण सेवा दिन लागिएको संस्थाका सञ्चालक जयराम जोशीले जानकारी दिए । ‘हामीले भदौमा पनि दुईदिने निशुल्क परिक्षण गर्‍यौँ । यहाँबाट हाल पनि दन्त तथा अन्य थप उपचारमा २० प्रतिशत छुट दिँदै आएका छौँ ।’ जोशीले भने । सेवाग्राहीको माग र गुणस्तरीय सेवा लिन काठमाडौं जान नपरोस् भन्ने हेतुले पुनः निःशुल्क परीक्षणको आयोजना गरिएको उनले बताए ।

उनका अनुसार लाईफलाईनमा अनुहारमा चाउरीपना, चायापोतो, दाग, कोठी भएका र पूर्ण रुपमा तालु भएको, कपाल झर्ने समस्या भएका बिरामीको आवश्यक परीक्षण र उपचार गरिनेछ । विशेषज्ञबाट दिइने यस सुविधाको समयमै लाभ लिन सेवाग्राहीलाई जोशीले आग्रह गरे । यसअघि पनि हेयर केयर क्लिनिकले दांँतसम्बन्धी चेकजाँचको लागि निःशुल्क सेवा दिंँदै आएको छ भने थप उपचारमा २० प्रतिशत छुट सुविधा उपलब्ध गराउँदै आएको थियो ।

लाईफलाईनमा हाल कपाल पूर्णरुपमा झर्ने तथा पातलो हुने समस्या भएकाको कपाल उमार्ने र रोप्ने, कपालमा पीआरपी र जिएफसी गर्ने , अनुहारमा रहेको कोठीलाई पूर्ण रुपमा हटाउने, अत्यधुनिक मेशिनबाट अनुहारको हाईड्रो फेसियल गर्ने , बोटोक्स अनुहारको चाउरीपना हटाउने, नाक ओठको सर्जरी गरि मिलाउनुका साथै गालामा डिम्पल बनाउने लगायतका सेवा दिईरहेको जोशीले जानकारी दिए ।

संस्थाले दाँतसम्बन्धी सम्पूर्ण उपचारको साथै हेयर ट्रान्सप्लान्ट र स्किन केयरसम्बन्धी उपचार गर्दै आएको छ । दुई दशकअघिदेखि नारायणगढको शहीदचोकबाट सेवा शुरु गरेको चितवन हिमाल डेन्टलले सेवालाई विस्तार गरी भरतपुरबाट पनि दांँत, अनुहार र मुखसम्बन्धी समस्याको परीक्षण र उपचार गर्दै आएको छ । दक्ष विषेशज्ञ चिकित्सकबाट सेवा दिइरहेको क्लिनिकले अत्यधुनिक प्रविधिबाट उपचार गर्दै आएको छ ।
यहाँ निःशुल्क दन्त परिक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टिष्टद्वारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नुपर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार, दाँतमा हिरा राख्ने, दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे सहितको सेवा उपलब्ध रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट