बागमतीमा प्रदेश मामिला समितिकाे प्रतिवेदन प्रस्तुत

मकवानपुर, २१ असोज ।
बागमती प्रदेश सभाको आइतबारकाे बैठकमा प्रदेश मामिला समितिकाे प्रतिवेदन प्रस्तुत गरिएकाे छ । सभामा समितिले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको हाे ।

प्रदेश मामिला समितिका जेष्ठ सदस्य शिवराज अधिकारीले उक्त विधेयक प्रदेश सभामा प्रस्तुत गरेका हुन् । उक्त विधेयकमाथि प्रदेश मामिला समितिको आइतबार नै बसेको बैठकमा दफाबार छलफल गरी प्रतिवेदन तयार गरिएको थियो । आइतबारकाे बैठक अपरान्ह ३ बजेकाे लागि बाेलाइए पनि ४ः३० बजे सुरु भएकाे थियाे ।

बैठककाे कारवाही सुरु भएकाे सभामुखले जानकारी दिए लगतै नेकपा एमालेका मधुसुदन पाैडेलले इजरायलमा भएकाे हमासकाे आक्रमणबाट नेपाली विद्यार्थी समेत हताहती भएकाे अवस्थामा उक्त आक्रमणमा परेका नेपालीकाे यथार्थस्थिति सार्वजनिक गर्न र घाइते भएका नेपालीकाे उपचारकाे व्यवस्था गर्न प्रदेश सरकारमार्फत संघीय सरकारकाे ध्यानाकर्षण गरेका थिए ।

समितिकाे प्रतिवदेन प्रस्तुत भएसँगै प्रदेश सभाको अर्को बैठक असोज २२ गते अपराह्न ४ बजे बस्ने गरी प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले स्थगित गरेका छन् । शुन्य तथा विशेष समय नरहेकाे आजकाे बैठक करिब ७ मिनेट बसेर सकिएकाे थियाे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट