स्टार्स मन्टेश्वरीका बालबालिकालाई सिकाइयो किनमेल

भरतपुर, २१ असोज । भरतपुर- ११ स्थित मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरी एकेडमीका बालबालिकाले किनमेल गरेका छन् ।बालबालिकालाई किनमेल गर्न सिकाउनुका साथै पैसाको महत्व बुझाउन सपिङ गराइएको मन्टेश्वरीका सञ्चालक गणेश रानाले बताए । उनले बालबालिकालाई घरायसी समान किनमेल गर्न सिकाइएको बताए । यसका साथै सपिङ मलमा जाँदा के गर्न हुन्छ, के गर्न हुँदैन भनेर ज्ञान […]

बागमतीमा प्रदेश मामिला समितिकाे प्रतिवेदन प्रस्तुत

मकवानपुर, २१ असोज । बागमती प्रदेश सभाको आइतबारकाे बैठकमा प्रदेश मामिला समितिकाे प्रतिवेदन प्रस्तुत गरिएकाे छ । सभामा समितिले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको हाे । प्रदेश मामिला समितिका जेष्ठ सदस्य शिवराज अधिकारीले उक्त विधेयक प्रदेश सभामा प्रस्तुत गरेका हुन् । उक्त विधेयकमाथि प्रदेश […]

मकवानपुरमा चाडपर्व लक्षित सुरक्षा योजना

मकवानपुर, २१ असोज । मकवानपुर प्रहरीले चाडपर्व लक्षित सुरक्षा याेजना सार्वजनिक गरेकाे छ । नजिकिँदै गरेको चाडपर्वहरुमा हुन सक्ने विभिन्न घटनाहरु न्यूनिकरणका लागि मकवानपुर प्रहरीले योजना तयार गरेको हाे । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत ८ सय १७ जना प्रहरीलाई खटाउन लागिएको छ जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । आइतबार पत्रकार भेटघाटमा मकवानपुर प्रहरी […]

हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु

भरतपुर, २१ असोज । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ । आक्रमणमा ३ जना नेपाली घाइते भएका छन् । शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेकोमा आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको र सयौं मानिस घाइते भएका छन् । आक्रमणमा १० जना नेपालीको मृत्यु […]

लागूऔषध र नगदसहित ५ जना पक्राउ

मकवानपुर, २१ असोज । मकवानपुर प्रहरीले मनहरीबाट ८ लाख रुपैयाँ, लागुऔषध र माेटरसाइकलसहित ५ जनालाई नियन्त्रणमा लिएकाे छ । असाेज २० गते शनिबार उनीहरुलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ । उक्त नगद र लागुऔषधसहित कैलाश गाउँपालिका–८ का ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय राम बहादुर स्याङ्बो, मनहरी गाउँपालिका–४ रमनटार का ३० वर्षीय रामचन्द्र गोले, २० […]

खैरहनी नगरपालिकाले गर्‍यो बजार अनुगमन

खैरहनी, २१ असोज । खैरहनी नगरपालिकाले पर्सा बजारका विभिन्न खाद्य पसल तथा स्टोरहरूको अनुगमन गरेको छ । चाडपर्व नजिकिँदै आएको सन्दर्भमा खैरहनी नगरपालिकाले पर्सा बजार क्षेत्रभित्र रहेका विभिन्न पसल तथा व्यवसायको अनुगमन गरेको हो । पर्साको मुख्य बजारक्षेत्रभित्र रहेका १४ वटा किराना पसल र डिपार्टमेन्टल स्टोरमा खाद्य सामग्रीको अनुमगन गरिएको खैरहनी नगरपालिका उपमेयर कविता उप्रेतीले […]

यशोधरासँग एक्कासि संवाद गर्न पाउँदा

म विगत एक हप्तादेखि कवि लालगोपाल सुवेदीको गीतिनाटक ‘राहुल–यशोधरा संवाद’ पढिरहेको छु । एक पटक पढेर चित्त नबुझेर दोहोर्‍याएर पढिसकेँ । म त्यसरी कमै मात्र किताब पढ्छु । कि अनुसन्धान गर्नुपरे पढ्छु, कि पढाउनु छ भने पढ्छु । नत्र त त्यो समयमा अर्को किताब पढ्ने बानी छ मेरो । आज राति पढ्दा पढ्दै निद्रा लागेर […]

‘तिमीलाई हेरेर’ म्युजिक भिडियोमा डेबिड र मिस पविको जोडी

काठमाडौं, २१ असोज । पार्श्व गायनका ‘ट्रेन्डिङ’ गायक डेबिड शंकरको ‘तिमीलाई हेरेर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अनिल तिखत्रीको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् भने ‘फिल’ स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भने सहायक निर्देशकको भूमिका […]

कविडाँडा आख्यान पुरस्कारको उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक

भरतपुर, २१ असोज । कविडाँडा आख्यान पुरस्कार- २०७९ को लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक भएको छ । कविडाँडा साहित्य समाज चितवनले कविडाँडा आख्यान पुरस्कार – २०७९’ का लागि गत भदौ २३ गते १० वटा आख्यान कृतिको सूची सार्वजनिक गरेको थियो । तीमध्ये दोस्रो चरणमा उत्कृष्ट ५ मा जानुका खतिवडाको आतोओडा, विवेक ओझाको ऐँठन, रामलाल […]