‘तिमीलाई हेरेर’ म्युजिक भिडियोमा डेबिड र मिस पविको जोडी

काठमाडौं, २१ असोज ।
पार्श्व गायनका ‘ट्रेन्डिङ’ गायक डेबिड शंकरको ‘तिमीलाई हेरेर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा अनिल तिखत्रीको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् भने ‘फिल’ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भने सहायक निर्देशकको भूमिका लोमस पौडेलले निर्वाह गरेका छन् । गीतको भिडियो निश्चल पौडेलले खिचेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।

म्युजिक भिडियोको ‘लिड रोल’मा शंकर आफैले अभिनय गरेका छन् भने फिमेल क्यारेक्टरमा पछिल्लो समयकी चर्चित टिकटकर तथा मोडेल मिस पविले उनलाई साथ दिएकी छन् ।

गायक शंकरले यसअघि गाएका ‘पहिलो नम्बरमा’, ‘दर्शन सलाम’, ‘घिनघिन मादल’, ‘पिरतीको गुन्द्री’ ‘लिटरका लिटर’, ‘लाहुरे आयो’ डङ्का पिट्यो’ लगायत गीतहरुले निकै चर्चामा कमाएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट