भरतपुर महानगरपालिकाले माग्यो नगर प्रहरी

भरतपुर, १४ असोज ।
भरतपुर महानगरपालिकाले नगर प्रहरीको माग गरेको छ । महानगरले नगर प्रहरी नायब उपरीक्षकदेखि प्रहरी जवानसम्म ३० जना माग गरेको हो ।
महानगरले प्रकाशित गरेको सूचनाअनुसार नगर प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी नायब निरीक्षक १ जनासहित ३० जना माग गरिएको छ ।
सबैभन्दा धेरै प्रहरी जवान खुलातर्फ १३ जना माग गरेको छ । महिला प्रहरी जवान ३ जना, दलित ३ जना, आदिवासी जनजाति ३ जना, थारु २ जना र मधेसी १ जना मागिएको छ । असोज २९ गतेसम्म आवेदन दिन सकिने महानगरद्वारा जारी सूचनामा जनाइएको छ ।
योसँगै भरतपुर महानगर नगर प्रहरीको कमाण्ड नायब उपरीक्षकको हुनेछ । हाल प्रहरी निरीक्षकको कमाण्डमा रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट