असल करदातालाई स्टिकर वितरण गर्दै भरतपुर महानगर

भरतपुर, १४ असोज । भरतपुर महानगरपालिकाले समयमै कर बुझाउने करदातालाई असल करदाता स्टिकर वितरण गरेको छ । महानगरपालिकाको आर्थिक ऐन, २०८० बमोजिम २९ वटै वडाका असल करदातालाई ३ वटा रङ भएका स्टिकर वितरण गरेको छ । व्यवसाय कर तिर्ने करदातालाई हरियो, सम्पत्ति तथा भूमिकरलाई रातो र घर जग्गा तथा बहाल कर तिर्ने करदातालाई निलो स्टिकर […]

भरतपुर महानगरपालिकाले माग्यो नगर प्रहरी

भरतपुर, १४ असोज । भरतपुर महानगरपालिकाले नगर प्रहरीको माग गरेको छ । महानगरले नगर प्रहरी नायब उपरीक्षकदेखि प्रहरी जवानसम्म ३० जना माग गरेको हो । महानगरले प्रकाशित गरेको सूचनाअनुसार नगर प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी नायब निरीक्षक १ जनासहित ३० जना माग गरिएको छ । सबैभन्दा धेरै प्रहरी जवान खुलातर्फ १३ जना माग गरेको […]

ब्रिटिस काउन्सीलद्वारा एक्सपर्टलाई ‘हाइ पर्फर्मिङ अवार्ड’

भरतपुर, १४ असोज । ब्रिटिस काउन्सीलले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाई हाइ पर्फर्मिङ पार्टनर रिकग्निसन अवार्ड प्रदान गरेको छ । काठमाडौँको होटेल सोल्टीमा आयोजित कार्यक्रममा वर्ष २०२२÷२३ मा आइइएलटिएस परीक्षामा धेरैभन्दा धेरै विद्यार्थी सहभागी गराउन सफल भएकोमा एक्सपर्ट एजुकेशनलाई उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि बेलायती राजदुत रोब फेनले उक्त […]

खैरहनीमा ब्युटीपार्लरसम्बन्धी एडभान्स तालिम

खैरहनी, १४ असोज । खैरहनी नगरपालिकामा ब्यूटीपार्लर तालिम सुरु भएको छ । यसअघि नगरपालिका तथा वडाहरूमा संचालित आधारभूत ब्यूटिसियन तालिम लिएकाहरु मध्येबाट ३३ जना महिलाहरूलाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ७५ दिनको व्युटिसियन एडभान्स तालिम दिन सुरु गरिएको नगरपालिकाले जनाएको छ । व्युटिसियन तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार […]

एनआरएनएको सहकोषाध्यक्षमा तिलक गैरेको उम्मेदवारी

भरतपुर, १४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सह–कोषाध्यक्षमा तिलकप्रसाद गैरेले उम्मेदरवारी दिने भएका छन् । नवलपरासीपूर्वको गैँडाकोटका गैरे १५ वर्ष बढी एनआरएनएमा आवद्ध छन् । गैरेले ७ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् । सबल एनआरएनएका लागि स्थायी रूपमा बलियो कोष निर्माण गर्ने, संघको कोषलाई फजुल खर्चबाट जोगाएर मितव्ययी र पारदर्शी बनाउने, आइसिसी र […]

मदन पुरस्कार विवेक ओझाको ‘ऐँठन’ र जगदम्बा- श्री पुरस्कार ‘टेकवीर मुखिया’लाई

काठमाडौँ, १४ असोज । माओवादी जनयुद्धको पृष्ठभूमिमा लेखिएको ‘ऐँठन’ उपन्यासले मदन पुरस्कार प्राप्त गरेको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले गुठीको आइतबार बसेको बैठकले गत साल प्रकाशित भएर गुठीमा दर्ता हुन आएका किताबमध्ये विवेक ओझाद्वारा लिखित उपन्यास ऐँठनलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाएका छन् । `२०७९ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट ओझाद्वारा लिखित […]

कडरियाको `सुमन सुधा´माथि अन्तर्क्रिया

भरतपुर, १४ असोज । चितवनका स्रस्टा सुमन कडरियाको गजलसङ्ग्रह `सुमन सुधा´को अन्तर्क्रिया गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा शनिबार गरिएको कार्यक्रममा गजलकार रमेश प्रभात र उदय अधिकारीले पुस्तकमाथि टिप्पणी राखे । चितवनमा गजलको गतिविधि अन्य ठाउँको तुलनामा राम्रो भएको अधिकारीले बताए । `विशेषगरी युवाहरू गजल लेखनमा सक्रिय हुनुहुन्छ । सुमनजीको गजल वाचन र प्रस्तुति […]

चितवनका लामाले जिते इन्डियाज बेस्ट डान्सरको उपाधि

भरतपुर, १४ असोज । इन्डियाज वेस्ट डान्सर(आइबिडी) सिजन ३ को उपाधि समर्पण लामाले जितेका छन् । शनिबार सोनी इन्टरटेनमेन्ट टेलिभिजनबाट सार्वजनिक गरिएको आइबिडीको फिनालेमा समर्पण लामाले सर्वाधिक भोट ल्याउँदै आइबिडीको उपाधि जितेका हुन् । उनले यो सँगै १५ लाख भारु नगद प्राप्त गरेका छन् । भारतको सर्वाधिक लोकप्रिय डान्स रियालिटी सो इन्डियाज बेष्ट डान्सरको तेस्रो […]