कडरियाको `सुमन सुधा´माथि अन्तर्क्रिया

भरतपुर, १४ असोज ।
चितवनका स्रस्टा सुमन कडरियाको गजलसङ्ग्रह `सुमन सुधा´को अन्तर्क्रिया गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा शनिबार गरिएको कार्यक्रममा गजलकार रमेश प्रभात र उदय अधिकारीले पुस्तकमाथि टिप्पणी राखे । चितवनमा गजलको गतिविधि अन्य ठाउँको तुलनामा राम्रो भएको अधिकारीले बताए । `विशेषगरी युवाहरू गजल लेखनमा सक्रिय हुनुहुन्छ । सुमनजीको गजल वाचन र प्रस्तुति राम्रो छ´, अधिकारीले भने – `गजल वाचन गरेर स्रोता दर्शकको ध्यान खिच्न सक्नु उहाँको लेखनको विशेषता हो ।´

त्यसैगरी समीक्षक रमेश प्रभातले कडरियाको कृति सुमन सुधामा समेटिएका गजलको समीक्षात्मक टिप्पणी राखे । कडरियाका गजल भाव र संरचनाका हिसाबले बलिया भएको प्रभातले बताए ।

कार्यक्रममा अम्बिका कार्की, राजेन्द्र घायल, अवतार ढकाल र शर्मिला सापकोटाले मन्तव्य राखेका थिए ।अन्तर्क्रिया कार्यक्रमपछि गजलकार कडरियाको एकल गजलवाचन गरिएको थियो । सोक्रममा गजल वाचन गर्दै कडरियाले गजल लेखन क्रमका अनुभूति पनि सुनाएका थिए । कार्यक्रममा गजलकार प्रकृति प्रेमीले कडरियाको एउटा गजल वाचन गरेर सुनाएका थिए । पेशाले शिक्षक रहेका कडरियाको सुमन सुधा पहिलो कृति हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट