सिम्रनको जन्मदिनमा क्यान्सर पीडित बालबालिकालाई सहयोग

भरतपुर, ३१ भदौ ।
लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टका कोषाध्यक्ष लायन थमबहादुर गुरुङले छोरी सिम्रन गुरुङको जन्मदिनको अवसर पारेर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा रहेका क्यान्सर पीडित बालबालिकालाई साइकल, फलफुल तथा खेलौना उपलब्ध गराएका छन् ।

लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टले बाल क्यान्सर पीडित सहयोग कार्यक्रम अन्तर्गत यो सहयोग उपलब्ध गराएको थियो । केक काटेर जन्मदिन मनाउने परम्परालाई सामाजिक सेवातर्फ मोड्न केही हदसम्म यो किसिमको सहयोगले भूमिका खेलेको छ । समुदायमा एक उदाहरणीय कार्यको सकारात्मक सन्देश प्रवाह गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आर नेपालका डिस्ट्रीक्ट एक्जुकेटिभ चिफ एमजेएफ लायन प्रभाकर पण्डितले यो उदाहरणीय कार्यको प्रशंसा गर्दै लायन्स क्लब अफ चितवन माउन्ट एभरेस्टलाई धन्यवाद तथा सिम्रनलाई जन्मदिनको शुभकामना दिए ।

यसैगरी विशिष्ट अतिथि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले लायन्स क्लबका प्रतिनिधिहरूको सकारात्मक सोच प्रशंसनीय भएको बताए । `लायन्स भिजनमा थियो, लायन्स मधुमेहमा थियो, लायन्स दिनदु:खीहरूसँग थियो तर आज अबोध क्यान्सर पीडित बालबालिकासँग पनि आफ्नो खुसी साट्न लायन्स आइपुगेको छ´, डाक्टर पौडेलले भने ।

लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टका अध्यक्ष लायन तेज रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हस्पिटलका उपनिर्देशक डा. उमेश नेपाल, डिष्ट्रीक्ट एजुकेटिभ कोचिफ एमजेएफ लायन बालगोपाल चुके, डिष्ट्रीक्ट एजुकेटिभ चिफ मेघनाथ बराल, कलस्टर चिफ एमजेएफ लायन पुरन थापामगर, जोन चियर पर्सन लायन हरिप्रिया रिजाल, सुशील भट्टराई, पदमराज भट्टराईलागायत करिब २० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण रिजन चियर पर्सन लायन गोविन्द अर्यालले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट