सवारी दुर्घटनाको निहुँमा चार जनाको सामूहिक हत्या

काठमाडौं, ३१ भदौ । काठमाडौंको तीनकुनेस्थित श्री दिव्य सः मिल तथा काष्ठ उद्योगमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिन खोज्दा घटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट […]
बीपी कोइराला कसरी महामानव ?

गत भदौ ३० गते काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको जननायक बीपी कोइरालाको “जेल डायरी” को लोकार्पण समारोहमा सहभागी हुने अवसर मिल्यो । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा वक्ताहरूले मन्तव्य राख्ने क्रममा पालैपालो उठाएको एउटा प्रसंगले मेरो ध्यान खिच्यो र समारोहपछि पनि म धेरैबेर सोचमग्न भइरहें । त्यो हो- बीपी कोइराला […]
देवचुलीमा सुकुम्बासी समस्या समाधानका लागि जग्गा नापी सुरु

देवचुली, ३१ भदौ । देवचुली नगरपालिका वडा नम्बर – १६ र १७ मा सुकुम्बासी समस्या समाधानका लागि जग्गा नाप सुरु गरिएको छ । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नापी सुरु गरिएको हो । देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, उपप्रमुख पार्वता तिवारी र राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले संयुक्त रुपमा जग्गा […]
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी ‘सत्यको जगमा उभिएर’ सार्वजनिक

काठमाडौँ, ३१ भदौ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण काठमाडौँमा सार्वजनिक भएको छ । ‘द ट्रुथ वी होल्ड’को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो । पुस्तकको अनुवाद विप्लव प्रतीकले गरेका हुन् । अनुवादक विप्लव प्रतीक र लेखक/अनुवादक सगुना शाह तथा वीरीडको सीइओ सुनिती अमात्यले पुस्तक विमोचन गरे । अनुवादक प्रतीकले कमला […]
सिम्रनको जन्मदिनमा क्यान्सर पीडित बालबालिकालाई सहयोग

भरतपुर, ३१ भदौ । लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टका कोषाध्यक्ष लायन थमबहादुर गुरुङले छोरी सिम्रन गुरुङको जन्मदिनको अवसर पारेर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा रहेका क्यान्सर पीडित बालबालिकालाई साइकल, फलफुल तथा खेलौना उपलब्ध गराएका छन् । लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टले बाल क्यान्सर पीडित सहयोग कार्यक्रम अन्तर्गत यो सहयोग उपलब्ध गराएको थियो […]