रामलालको `बाआमा´ र गोपीको `चिसो बाफ´लाई चिसाप पुरस्कार

भरतपुर, २४ भदौ ।
चितवन साहित्य परिषद्ले स्थापना गरेका दुईवटा पुरस्कारका लागि स्रष्टा चयन गरिएको छ । परिषद्ले ’चिसाप राजकृष्ण मायादेवी कंडेल साहित्य पुरस्कार- २०८०’ आख्यानकार रामलाल जोशी र ’चिसाप माधव खनाल साहित्य पुरस्कार- २०८०’ आख्यानकार गोपी सापकोटालाई प्रदान गर्ने भएको छ । जोशीको `बाआमा´ र सापकोटाको `चिसो बाफ´ उपन्यासलाई उक्त पुरस्कार प्रदान गरिने निर्णय भएको चितवन साहित्य परिषद्ले जनाएको छ ।

परिषद्का पूर्वअध्यक्ष साहित्यकार स्व. राजकृष्ण कंडेलको स्मृतिमा स्थापित ’चिसाप राजकृष्ण मायादेवी कंडेल साहित्य पुरस्कार र स्व. उपन्यासकार माधव खनालको स्मृतिमा स्थापित ’चिसाप माधव खनाल साहित्य पुरस्कारको पुरस्कारको राशि जनही रु ३५ हजार ४५ रुपैयाँ र सम्मानपत्र रहेको परिषद्ले जनाइएको छ ।

परिषदका अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा परिषद् भवनमा शनिबार साँझ बसेको बैठकले सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त पुरस्कार मोती जयन्तीको अवसर पारी आगामी भदौ ३० गते शनिवार विशेष कार्यक्रममा प्रदान गरिने परिषद्ले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट