आदर्श माविमा एटिजम स्रोत कक्षा सञ्चालन

भरतपुर, २४ भदौ । भरतपुर महानगरपालिका वडा नम्बर–२६ आदर्श माविमा रहेको एटिजम स्रोत कक्षा सञ्चालनमा आएको छ । आदर्श माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा स्रोत केन्द्रको आइतबार भरतपुर महानगरपालकिा प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । भरतपुर महानगरपालिका वडा नम्बर–१० बालमन्दिर अटिजम विद्यालय सञ्चालनमा छ । महानगरपालिकाले शिक्षाको पहुँचमा सबै बालबालिकालाई पु¥याउन अटिजम विद्यालय स्थापन […]

बीपी र आदर्शवाद

जननायक बीपी कोइरालाको जन्म वि.सं. १९७१ साल भाद्र २४ गते अर्थात् सन् १९१४ सेप्टेम्बर ८ का दिन बनारसमा भएको हो । बीपीको जन्म हुँदा प्रथम विश्वयुद्ध सुरू भएको भर्खरै ४० दिन भएको थियो । विश्वभरका करिब चार करोड जनता मारिएको उक्त महायुद्ध चार वर्ष र साँढे तीन महिना अर्थात् सन् १९१८ को नोभेम्बर ११ सम्म […]

अङ्कुरम् एकेडमीको स्काउट नृत्य रनिङशिल्ड प्रतियोगितामा भद्रकुमारी प्रथम

भरतपुर, २४ भदौ । भरतपुर-७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले अन्तर विद्यालय स्काउट नृत्य रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा १९ वटा विद्यालय सहभागी थिए । प्रतियोगितालाई एकेडेमीका प्रधानाध्यापक सुमन पौडेलले अध्यक्षता गरेका थिए । प्रतियोगितामा भरतपुर-५ स्थित श्री भद्रकुमारी राष्ट्रिय विद्यालयले प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी भरतपुर-१० स्थित ॐ शान्ति एकेडेमीले द्वितीय स्थान […]

कविडाँडा आख्यान पुरस्कारका लागि उत्कृष्ट १० पुस्तकको सूचि सार्वजनिक

भरतपुर, २४ भदौ । कविडाँडा साहित्य समाज चितवनले ‘कविडाँडा आख्यान पुरस्कार – २०७९’ का लागि १० वटा आख्यान कृतिको सूची सार्वजनिक गरेको छ । प्रत्येक वर्ष समाजले उत्कृष्ट एक आख्यान कृतिलाई प्रदान गर्दै आएको यो पुरस्कारका लागि १० वटा कृतिको पहिलो सूची आइतबार सार्वजनिक गरेको हो । यस सूचीमा जानुका खतिवडाकाे आतोओडा, विवेक ओझाको ऐँठन, […]

महिला सञ्चारकर्मीबीच तीज विशेष आर्टिकल लेखन प्रतियोगिता हुने

भरतपुर, २४ भदौ । एटुजेड समाचार डटकमले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच तीज पर्व विशेष आर्टिकल लेखन प्रतियोगिता गर्ने भएको छ । एटुजेडले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच `तीजको साँस्कृतिक महत्त्व र यसको प्रभाव´ शीर्षकमा आर्टिकल लेखन प्रतियोगिता गर्ने भएको हो । मध्य नेपालको चितवन तथा आसपासका जिल्लाहरूलाई आधार क्षेत्र बनाएर डिजिटल प्लेटफर्ममार्फत सञ्चालनमा आएको अनलाइन पत्रिका […]

अङ्कुरम् एकेडेमीको पारिवारिक उत्सवमा अभिभावकबीच खेलकुद प्रतियोगिता

भरतपुर, २४ भदौ । भरतपुरस्थित अङ्कुरम् एकेडेमीले पारिवारिक उत्सव कार्यक्रम आयोजना गरेको छ । भदौ २३ गते शनिबार एकेडेमी परिसरमा कार्यक्रम आयोजना गरिएको थियो । एकेडेमीले विद्यार्थीका लागि मात्र नभई अभिभावकका लागि पनि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस वर्ष पनि अभिभावक, शिक्षक र विद्यालय प्रशासनबीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले पारिवारिक उत्सव कार्यक्रम […]

ललिता निवास प्रकरणमा मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ, २४ भदौ । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायधीश भोलानाथ ढकालको एकल इजलासले १७ जनासँग धरौटी माग्ने र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको छ। गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ। कसलाई कति धरौटी? १) […]

सिएमसी क्यान्सर इन्स्टिच्यूटमा मेडिकल अङ्कोलोजी विभाग सुरु

भरतपुर, २४ भदौ । चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा मेडिकल अङ्कोलोजी शुभारम्भ गरिएको छ । आइतबार एक कार्यक्रमबीच नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. शिवजी पौडेलले मेडिकल अङ्कोलोजी विभागको शुभारम्भ गरेका हुन् । सो अवसरमा डा. पौडेलले क्यान्सरका बिरामी नेपालबाट बाहिर जाने परिस्थिति बन्न नहुने बताए । क्यान्सरका बिरामी उपचारका लागि विदेश जाँदा […]

खैरहनी नगरपालिकामा कर्मचारी दिवस मनाइयो

खैरहनी नगरपालिका चितवनले बिभिन्न कार्यक्रम सहित कर्मचारी दिवस २०८० मनाएको छ । कर्मचारी दिवस २०८० को उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले वर्ष भरी उत्कृष्ट कार्यसम्पादन गर्ने सात जना कर्मचारीलाई पुरस्कृत समेत गरिएको छ । कार्यक्रमको अवसरमा नगरपालिकामा कार्यरत विभिन्न कर्मचारीहरुले सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्तव्य राख्नु हुँदै खैरहनी नगरपालिका प्रमुख […]

थियटरमा ‘एक चिहान’ नाटक हेरेपछि

काठमाडौँमा थियटर कल्चर विकसित भएको छ । सिनेमा हेर्नुको सट्टा नाटक हेर्नेहरुको जमात बढिरहेको छ । त्यसैले हरेक पल्ट काठमाडौँ जाँदा समय मिलेसम्म नाटक हेर्न मन पराउँछु म, तर चितवनमा आजका मितिसम्म त्यो सम्भव नै छैन । वर्षमा एक दुई पटक हुने नारायणी कला मन्दिरको साङ्गीतिक कार्यक्रमका बीचमा लघुनाटक देखाउनु बाहेक यहाँ त्यति नाटक देखाउने […]

पारदर्शीता र जवाफदेहिता लोकतन्त्रको सिद्धान्त : कोइराला

भरतपुर, २४ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले पारदर्शिता र जवाफदेहिता लोकतन्त्रको मुलभूत सिद्धान्त भएको बताएका छन् । समाजमा पिछडिएका वर्गलाई माथि उठाउन सके मात्र हामी वीपीको अनुयायी हुनसक्ने बताउँदै कोइरालाले लोकतन्त्रमा अराजकता स्विकार्य स्पष्ट पारे । वीपी शान्तिनगर वनमा आयोजित नेपाली कांग्रेसको जिल्ला सम्मेलनको समापन कार्यक्रममा बोल्दै कोइरालाले […]

सम्पूर्ण किताबको स्थापना दिवसमा छात्रालाई शैक्षिकसामग्री

भरतपुर, २४ भदौ । पठन संस्कृति विकासमा लागिपरेको सम्पूर्ण किताब नारायणगढले स्थापना दिवसमा सामुदायिक विद्यालयकी छात्रालाई शैक्षिक सामग्री सहयाेग गरेकाे छ । छैटौँ स्थापना दिवसकाे अवसरमा शनिबार आयाेजित कार्यक्रममा सम्पूर्ण किताबले इच्छाकामना गाउँपालिका-७ स्थित देउराली राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा विमला तामाङलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएकाे हाे । प्रसिद्ध कवि गोविन्दराज विनोदी, […]

रामलालको `बाआमा´ र गोपीको `चिसो बाफ´लाई चिसाप पुरस्कार

भरतपुर, २४ भदौ । चितवन साहित्य परिषद्ले स्थापना गरेका दुईवटा पुरस्कारका लागि स्रष्टा चयन गरिएको छ । परिषद्ले ’चिसाप राजकृष्ण मायादेवी कंडेल साहित्य पुरस्कार- २०८०’ आख्यानकार रामलाल जोशी र ’चिसाप माधव खनाल साहित्य पुरस्कार- २०८०’ आख्यानकार गोपी सापकोटालाई प्रदान गर्ने भएको छ । जोशीको `बाआमा´ र सापकोटाको `चिसो बाफ´ उपन्यासलाई उक्त पुरस्कार प्रदान गरिने निर्णय […]