कविडाँडा आख्यान पुरस्कारका लागि उत्कृष्ट १० पुस्तकको सूचि सार्वजनिक

भरतपुर, २४ भदौ ।
कविडाँडा साहित्य समाज चितवनले ‘कविडाँडा आख्यान पुरस्कार – २०७९’ का लागि १० वटा आख्यान कृतिको सूची सार्वजनिक गरेको छ । प्रत्येक वर्ष समाजले उत्कृष्ट एक आख्यान कृतिलाई प्रदान गर्दै आएको यो पुरस्कारका लागि १० वटा कृतिको पहिलो सूची आइतबार सार्वजनिक गरेको हो ।

यस सूचीमा जानुका खतिवडाकाे आतोओडा, विवेक ओझाको ऐँठन, गोपी सापकोटाको चिसो बाफ, मनोज चौधरीको टुवरा, रामलाल जोशीको बाआमा, देवीप्रसाद सुवेदीको मनु, सञ्जय विष्टको माटाको घर, हरिबोल काफ्लेको यशोधरा, रेणुका जिसीको सनेस र अशोक थापाको सन्तापको धून रहेका छन् ।

समाजका अध्यक्ष एलबी क्षेत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पहिलो चरणको छनोटमा परेका १० वटा आख्यानहरूमध्येबाट दोस्रो चरणमा ५ वटा आख्यानको छनोट हुनेछ । अन्तिम चरणमा पुरस्कृत हुने एकमात्र पुस्तकको घोषणा गरिनेछ ।´ पुरस्कृत आख्यानलाई चितवनमा कार्यक्रम आयोजना गरी १ लाख २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष क्षेत्रीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट