पुल्चोक बचतको साधारणसभामा विविध सम्मान

भरतपुर, ११ भदौ ।
पुल्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणगढले विविध कार्यक्रम गरेर ११औं वार्षिक साधारणसभा मनाएको छ । संस्थाका अध्यक्ष मेनका चापागाई काप्रीको अध्यक्षतामा गरिएको कार्यक्रममा असल कारोबार गर्ने सेयर सदस्य, उत्कृष्ट कर्मचारी र ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको छ । त्यसैगरी एसईईमा उत्कृष्ट नतिजा ल्याएका सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको अध्यक्ष काप्रीले बताइन् ।

भरतपुर महानगरपालिका वडा नम्बर- १ का अध्यक्ष केशव महर्जन प्रमुख अतिथि रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुनिता धितालले गरेकी थिइन् ।

कार्यक्रममा विशिष्ट अतिथि भरतपुर महानगरपालिकाका सहकारी अधिकृत रोजी केसी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष विद्या कोईराला, नेफस्कुनका पूर्व सञ्चालक ईन्द्रराज ज्योति पौडेललगायतले सहकारीका फाइदा र बचत गर्ने बानीले जीवनशैलीमा पार्ने प्रभावको बारेमा बोलेका थिए ।

२०७० सालमा नारायणगढका महिलाहरू स्थापना भएको यस सहकारीमा ९०४ जना सदस्य छन् । सञ्चालक समिति र लेखा समितिमा शतप्रतिशत महिला रहेको यस सहकारीमा सेयर सदस्य मध्ये २५% मात्रै पुरुष रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट