चितवनमा भदौ १४ गतेदेखि `एकचिहान´ नाटक देखाइने

भरतपुर, ११ भदौ ।
हृदयचन्द्र सिंह प्रधानकाे प्रसिद्ध उपन्यास ‘एक चिहान’लाई नाटकमा रूपान्तरण गरी चितवनका रंगकर्मीहरूले मञ्चन गर्ने भएका छन् । नाट्य संस्था ‘कर्मी चाैतारी’ले नारायणी कला मन्दिरसँग सहकार्य गरेर नाटक देखाउन लागेकाे हाे । भदौ १४ देखि ३० गतेसम्म कला मन्दिर नारायणगढमा नाटक मञ्चन हुने कर्मी चाैतारीका कार्यक्रम व्यवस्थापक विवेक तिवारीले जानकारी दिए ।

नाटकका निर्देशक नकुल पाैडेल रहेका छन् । यसअघि कावासोती, पाेखरा र काठमाडाैंका रंगकर्मीले पनि एक चिहान नाटक प्रस्तुत गरेका छन् । ती स्क्रिप्टहरूमा थपघट गरेर नाटक तयार पारेकाे निर्देशक पाैडेलले बताए । कर्मी चाैतारीमा आबद्ध १७ जना कलाकारहरू र कार्यक्रमकाे व्यवस्थापनमा खट्नेसहित गरेर २२ जनाकाे टाेली असार २४ गतेबाट नाटककाे तयारीमा जुटेकाे छ ।

भदाै १४ मा प्रिमियर शाे राखेर भदाै १६ देखि ३० गतेसम्म नियमित शाे देखाउने नाट्यकर्मी अञ्जान प्रदीपले बताए । नाटक एक घण्टा ४५ मिनेटकाे छ । एक दिनमा तीन शाे गर्ने उनले जानकारी दिए । नाटककाे टिकट दर तीन सय रूपैयाँ रहेकाे छ ।

‘एक चिहान’ कक्षा १२ काे पाठ्यक्रममा छ । स्कुलका विद्यार्थीलाई विशेष छुटमा नाटक देखाइने निर्देशक पाैडेलले जानकारी दिए । कक्षा नाैदेखि १२ सम्मका विद्यार्थी र उनीहरूलाई पढाउने शिक्षकका लागि नाटक शिक्षाप्रद रहने उनले बताए । कर्मी चाैतारी समूहले चितवनमा थियटर निर्माणकाे याेजना बनाएकाे छ । त्यसका लागि स्राेत जुटाउन नाटकले केही न केही मद्दत गर्ने कर्मी चाैतारीका कार्यक्रम व्यवस्थापक विवेक तिवारीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट