क्यान्सर अस्पतालको निर्देशकमा डाक्टर शिवजी पौडेल नियुक्त

भरतपुर, ११ भदौ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् ।

सोमबार विहान अस्पताल सञ्चालक समितिको बैठकले उनलाई निर्देशकमा नियुक्त गरेको हो ।

अस्पतालको कार्यकारी भूमिका रहने निर्देशक पद साढे ३ महिना देखि रिक्त थियो । निर्देशक नहुँदा अस्पतालको दैनिक कामकाज नै प्रभावित बनेको थियो ।

सञ्चालक समितिका सदस्य डा.अनिलविक्रम कार्कीले उपसमितिले सिफारिस गरेका नामबाट डा. पौडेललाई निर्देशकमा नियुक्त गरिएको बताए । आइतबारमात्रै बनेको उपसमितिले पौडेलको नाम एक नम्बरमा सिफारिस गरेको थियो ।

डा. मदन उपाध्याय, डा. प्रदीप ज्ञवाली र डा. दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय उपसमितिले निर्देशकका लागि डा. कृष्णसागर शर्मा र डा. प्रदिप न्यौपानेको नाम पनि सिफारिस गरेको थियो ।

डा.पौडेल क्यान्सर अस्पतालका रेडियसन अंकोलोजिष्ट हुन् । उनी नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष पनि हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट