दक्षिणकोरिया, १० भदौ ।
नेपाली विद्यार्थी समाज (एसओएनएसआइके) दक्षिण कोरियाको २०औँ वार्षिक साधारणसभा थेगुस्थित हानी विश्वविद्यालयमा सम्पन्न भएको छ । साधारणसभाले मेघनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको क्षेत्रगत उपसभापति १, २, ३ र ४ मा क्रमश कुमार श्रेष्ठ, सुनिता र्याङ्गी मगर, सौरभ चन्द्र र लीला राना, सचिव नारायण साह सोनार, सहसचिव, गायत्री थापामगर र कोषाध्यक्षमा सिर्जना तिवारी तथा सदस्यहरुमा अमिर खड्का, अपेक्षा पराजुली, राजन थापा, सुबि मानन्धर र क्षितिज थापा निर्वाचित भएका छन् ।




