२०८० भदौ ११ गते सोमबारको कायाकैरन दैनिक (ePaper)

इन्टरनेटका तार व्यवस्थित गर्न सर्वपक्षीय छलफल

गैँडाकोट, १० भदौ । गैँडाकोट वडा नम्बर ६ मा छरपष्ट रहेका तार व्यवस्थित गर्न आइतबार सर्वपक्षीय छलफल भएको छ । वडा कार्यालय, राजनीतिक दल, टोल विकास संस्था, नेपाल टेलिकम, विद्युत प्राधिकरण, केबुल, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिबिच सर्वपक्षीय छलफल भएको हो । भेलाले सेवा प्रदायक कम्पनीलाई तार व्यवस्थापनका लागि अनुरोध गर्दै सूचना जारी गर्ने र […]
नेपाली विद्यार्थी समाज दक्षिणकोरियाको अध्यक्षमा मेघनाथ निर्वाचित

दक्षिणकोरिया, १० भदौ । नेपाली विद्यार्थी समाज (एसओएनएसआइके) दक्षिण कोरियाको २०औँ वार्षिक साधारणसभा थेगुस्थित हानी विश्वविद्यालयमा सम्पन्न भएको छ । साधारणसभाले मेघनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको क्षेत्रगत उपसभापति १, २, ३ र ४ मा क्रमश कुमार श्रेष्ठ, सुनिता र्याङ्गी मगर, सौरभ चन्द्र र लीला राना, सचिव नारायण साह सोनार, […]
‘जात्रा’ सिरिजमा थपिए हरिवंश आचार्य, चैतमा रिलिज

काठमाडौँ, १० भदौ । ‘जात्रा’ सिरिजको तेस्रो शृंखलामा हरिवंश आचार्यको प्रवेश भएको छ । ‘महाजात्रा’ नाममा बन्न लागेको नयाँ शृंखलामा बाँकी कलाकार भने दोहोरिएका छन् । फिल्ममा विपिन कार्की, रविन्द्र सिंह, रविन्द्र झा र वर्षा राउत यथावत रहनेछन् । निर्माण टिमले शनिबार पोस्टर जारी गर्दै फिल्मको प्रदर्शन मिति पनि टुंगो गरेको हो । फिल्मले प्रदर्शनका […]
रेशम विरहीको ‘प्रतिरोधको लय’ आउँदै

भरतपुर, १० भदौ । अग्रज साहित्यकार रेशम विरहीले आफ्नो कविता लेखन यात्राको ५० वर्षमा नयाँ कवितासङ्ग्रह ‘प्रतिरोधको लय’ सार्वजनिक गर्दै छन् । ५० वटा कविता सङ्ग्रहित कवितासङ्ग्रहलाई इन्डिगो इन्कले सार्वजनिक गर्न लागेको हो । असोजको पहिलो साता बजारमा आउने सङ्ग्रहमा सामाजिक संरचनामा अस्वभाविक विभेद र प्रतिरोधको आवाजलाई कविले अभिव्यक्त गरेका छन् । उनको यो १३ […]
देवचुलीका किसानद्वारा रविलाई ज्ञापनपत्र

देवचुली, १० भदौ । देवचुलीका किसानहरूले किसानका समस्याका बारेमा संसदमा आवाज उठाई कानुन बनाउनुपर्नेलगायतका विषयमा रास्वपाका अध्यक्ष रवि लामिछानेलाई ज्ञापन पत्र बुझाएका छन् । देवचुली गाई पालन कृषक समूहका अध्यक्ष टेकनाथ शर्मा सुवेदीको नेतृत्वमा गएको टोलीले अध्यक्ष लामिछानेलाई भरतपुरमा रहेको सचिवालयमा भेटी ज्ञापनपत्र बुझाएका हुन् । चितवन क्षेत्र नम्बर- २ बाट प्रतिनिधि सभाका सांसद समेत […]
सन्दीपविरुद्धको मुद्दाको पेशी स्थगित, एसिया कप खेल्न भोलि पाकिस्तान जाँदै

काठमाडौं, १० भदौ । नाबालिग बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी हेर्न नभ्याइने हुँदै स्थगित भएको छ । सन्दीपका कानुन व्यवसायी मुरारी सापकोटाले पेसी २१ गते तोकिएको बताए । आइतबार अन्तिम सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा पाँचौँ नम्बरमा पेसी तोकिए पनि हेर्न नभ्याइने हुँदै स्थगित भयो । अर्को पेसी ११ दिनपछि तोकिएपछि एसिया […]
अन्तर्राष्ट्रिय बक्सिङ दिवसमा गैंडाकोटमा कार्यक्रम

गैंडाकोट, १० भदौ । नेपाल बक्सिङ महासंघले देशव्यापीरूपमा अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाएको छ । यसैक्रममा नवलपरासी जिल्ला बक्सिङ संघ (बर्दघाट सुस्ता पूर्व)ले गैंडाकोटका तीन वटा विद्यालयलाई प्रशंसापत्र दिँदै बक्सिङ खेलको डेमो देखाएको छ । नवलपरासी बक्सिङ संघका अध्यक्ष महेन्द्रभक्त अधिकारीको नेतृत्वमा गैंडाकोट इङ्लिस स्कुल, नमुना आवासीय मावि र स्मल हार्ट एकेडेमीमा पुगेर प्रशंसापत्र उपलब्ध गराइ […]
गाई काटेको आरोपमा तीनजना पक्राउ
तनहुँ, १० भदौ । शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा […]
बालुवाटार जग्गा प्रकरण : २९० जनाविरूद्ध मुद्दा
काठमाडौँ, १० भदौ । बालुवाटारको सरकारी जग्गा प्रकरणमा चार पूर्वमन्त्रीसहित २९० जनाविरूद्ध अदालतमा मुद्दा दायर भएको छ । सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्याएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले २९० जना प्रतिवादी कायम गरेर अदालतमा मुद्दा पठाएको हो । किर्ते गर्ने सर्वसाधारणलाई १ वर्ष कैदको माग गरिएको छ भने मन्त्री, सचिवलगायत सरकारी […]