सन्दीपविरुद्धको मुद्दाको पेशी स्थगित, एसिया कप खेल्न भोलि पाकिस्तान जाँदै

काठमाडौं, १० भदौ ।

नाबालिग बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी हेर्न नभ्याइने हुँदै स्थगित भएको छ । सन्दीपका कानुन व्यवसायी मुरारी सापकोटाले पेसी २१ गते तोकिएको बताए ।

आइतबार अन्तिम सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा पाँचौँ नम्बरमा पेसी तोकिए पनि हेर्न नभ्याइने हुँदै स्थगित भयो ।

अर्को पेसी ११ दिनपछि तोकिएपछि एसिया कप खेल्न सन्दीप पाकिस्तान जाने भएका छन् । नेपाली टोली यसअघि नै पाकिस्तान गइसकेको भए पनि सन्दीप मुद्दाका कारण यतै रोकिएका थिए । १३ गतेदेखि खेल सुरु हुनेछ ।

सुनुवाइ स्थगित भएसँगै एसिया कपका लागि उनको पाकिस्तान यात्रा तय भएको छ । उनी भोलि (सोमबार) नै पाकिस्तान जाने बताइएको छ ।

नेपालको पहिलो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा पाकिस्तानसँग पहिलो खेल रहेको छ । दोस्रो खेल भारतविरुद्ध १८ गते छ । अर्को पेसीअघि सन्दीपले दुवै खेल खेल्न पाउनेछन् ।

यदि नेपाल समूह चरण पार गर्दै शीर्ष चारमा उक्लिएको खण्डमा भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट