अन्तर्राष्ट्रिय बक्सिङ दिवसमा गैंडाकोटमा कार्यक्रम

गैंडाकोट, १० भदौ ।
नेपाल बक्सिङ महासंघले देशव्यापीरूपमा अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाएको छ । यसैक्रममा नवलपरासी जिल्ला बक्सिङ संघ (बर्दघाट सुस्ता पूर्व)ले गैंडाकोटका तीन वटा विद्यालयलाई प्रशंसापत्र दिँदै बक्सिङ खेलको डेमो देखाएको छ ।

नवलपरासी बक्सिङ संघका अध्यक्ष महेन्द्रभक्त अधिकारीको नेतृत्वमा गैंडाकोट इङ्लिस स्कुल, नमुना आवासीय मावि र स्मल हार्ट एकेडेमीमा पुगेर प्रशंसापत्र उपलब्ध गराइ डेमो देखाइएको हो । कार्यक्रममा नेपाल प्याव्सनका केन्द्रीय उपाध्यक्ष गोपेन्द्रकेशरी न्यौपाने, नेपाल शिक्षक संघ गण्डकी प्रदेश सदस्य गोविन्द रिमाल, गैडाकोट इङ्लिस स्कुलका प्रधानाध्यापक हीरालाल अर्याल, स्मल हार्ट एकेडेमीका प्रधानाध्यापक निर्मल पाण्डे, नारायणी टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद गौतम, नेपाल अटो संघ गैडाकोटका अध्यक्ष केशव थापा, नगर खेलकुद सदस्य शारदा शाही ठकुरी, विजय एफएमकी पत्रकार माया कडेलले बक्सिङ दिवसका बारेमा मन्तव्य राखेका थिए ।

नेपाल बक्सिङ महासंघका केन्द्रीय सदस्य लक्ष्मण कार्कीले विद्यार्थी जीवन मै बक्सिङ सिक्नु अपरिहार्य भएको बताउँदै यो खेलले शारीरिक रूपमा मजबुत बनाउन सहयोग गर्ने बताए । कार्कीले विद्यालयका प्रधानाध्यापकलाई विद्यार्थीहरूलाई यो खेलको महत्त्व बारेमा जानकारी दिएर संघमा आवद्ध गराएर सहयोग गर्न अनुरोध पनि गरे । विजय सामुदायिक शिक्षा सदनमा बक्सिङको प्रशिक्षण सुरु गरिने कार्कीले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट