काठमाडौँ, १० भदौ ।
बालुवाटारको सरकारी जग्गा प्रकरणमा चार पूर्वमन्त्रीसहित २९० जनाविरूद्ध अदालतमा मुद्दा दायर भएको छ । सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्याएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले २९० जना प्रतिवादी कायम गरेर अदालतमा मुद्दा पठाएको हो ।
किर्ते गर्ने सर्वसाधारणलाई १ वर्ष कैदको माग गरिएको छ भने मन्त्री, सचिवलगायत सरकारी कर्मचारीलाई थप दुई वर्ष सजाय माग गरिएको छ । १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।





