रेशम विरहीको ‘प्रतिरोधको लय’ आउँदै

भरतपुर, १० भदौ ।
अग्रज साहित्यकार रेशम विरहीले आफ्नो कविता लेखन यात्राको ५० वर्षमा नयाँ कवितासङ्ग्रह ‘प्रतिरोधको लय’ सार्वजनिक गर्दै छन् । ५० वटा कविता सङ्ग्रहित कवितासङ्ग्रहलाई इन्डिगो इन्कले सार्वजनिक गर्न लागेको हो ।

असोजको पहिलो साता बजारमा आउने सङ्ग्रहमा सामाजिक संरचनामा अस्वभाविक विभेद र प्रतिरोधको आवाजलाई कविले अभिव्यक्त गरेका छन् । उनको यो १३ औं कृति हो ।

गीतानगरको अरुणोदय विद्यालयमा पढ्दादेखि नै कविता लेख्न थालेका विरही कविता, निबन्ध र उपन्यास विधामा उत्तिकै कलम चलाउँछन् । बिरहीको आगामी फागुनमा नयाँ उपन्यास प्रकाशन गर्ने तयारी छ ।

गोर्खा जिल्लामा जन्मिए पनि चितवन, नेपालगञ्ज र काठमाडौँमा यायावरीय जीवन बिताएका विरही साहित्यमा मात्र नभएर पत्रकारिता क्षेत्रमा पनि परिचित छन् ।

क्यान्सरसँगको पौठेजोरीमा समेत जित हासिल गरेका विरहीले ‘देब्रे आँखा’ (२०७२) र ‘सत्ता र स्वप्नदोष’ (२०७७) दुई निबन्ध सङ्ग्रह र ‘प्रेमदासको डायरी’ र कली (उपन्यास) गरी १२ वटा पुस्तक लेखेका छन् ।

यो उमेरमा पनि यसरी लेखनमा सक्रिय हुनुको रहस्य उनले आफ्नो इच्छाशक्तिलाई मान्ने गर्छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट