देवचुलीका किसानद्वारा रविलाई ज्ञापनपत्र

देवचुली, १० भदौ ।
देवचुलीका किसानहरूले किसानका समस्याका बारेमा संसदमा आवाज उठाई कानुन बनाउनुपर्नेलगायतका विषयमा रास्वपाका अध्यक्ष रवि लामिछानेलाई ज्ञापन पत्र बुझाएका छन् ।

देवचुली गाई पालन कृषक समूहका अध्यक्ष टेकनाथ शर्मा सुवेदीको नेतृत्वमा गएको टोलीले अध्यक्ष लामिछानेलाई भरतपुरमा रहेको सचिवालयमा भेटी ज्ञापनपत्र बुझाएका हुन् ।

चितवन क्षेत्र नम्बर- २ बाट प्रतिनिधि सभाका सांसद समेत रहेका लामिछानेलाई भेटी हाल देशमा अवैध रुपमा अन्य देशबाट कच्चा दुध र पाउडर भित्री रहेकाले कृषकहरु मारमा परेको र कृषि व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएकाले संसदमा आवाज उठाउनका लागि किसानहरूले माग गरेका छन् । अवैध रुपमा भित्रिएको दुधले गर्दा आफ्नो उत्पादनले मूल्य नपाई व्यवसायका लागि बैँक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानी गर्न नसकी आत्महत्या सम्मको बाटो समात्न बाध्य पारिएकाले तत्कालै यस विषयमा संसदमा छ्लफल चलाई कानुन बनाउनका लागि किसानहरुले माग गरेका छन् ।

दुध खरिद कर्ताहरुले दुधको मूल्यमा मनपरी गर्ने गरेको, कृषकले उत्पादित दुधको बजारको व्यवस्था सहज रुपमा नभएको, पशु आहारमा अत्यधिक मूल्य वृद्धि भएको, बैंक तथा वित्तीय संस्थाहरूले दिँदै आएको सहुलियत कर्जामा अत्यधिक ब्याजदर वृद्धि गरेको, अवैध कृषकको पहिचान नहुँदा वास्तविक किसान मारमा परेकोलगायतका गुनासा उनीहरुले लामिछाने समक्ष राखेका थिए ।

भेटमा रास्वपाका अध्यक्ष रवि लामिछानेले किसानहरूको आवाज संसदमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए । सडकदेखि सदनसम्म किसानहरूसँगै रास्वपा रहेको बताउँदै लामिछानेले आजदेखि नै किसानहरुको समस्याका विषयमा सरोकारवालासँग छ्लफल गरि समाधानका लागि पहल गर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट