भरतपुर, ६ भदौ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस बुधबार बिहान त्रिशुली नदीमा खसेको हो ।
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११: १० बजे दुर्घटनामा परेको हो । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालका अनुसार दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको छ । त्यस्तै ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।





