गुरुकुलका विद्यार्थीलाई उद्घोषण र व्यक्तित्व विकासको तालिम

भरतपुर, ६ भदौ । गुरूकुल विद्यालय भरतपुरले विद्यार्थीलाई आआफ्नो क्षेत्रमा सशक्त बनाउन र उनीहरूमा आत्मविश्वास जगाउन विविध कार्यक्रमहरू गर्दै आइरहेको छ । यसैक्रममा कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरेर कलेजले पब्लिक स्पिकिङ सम्बन्धि कार्यक्रम गरेको छ । प्रखर युवा वक्ता प्रसमा पौडेलले मंगलबार र बुधबार गरी दुई दिन लगाएर कलेजका विद्यार्थीलाई उद्घोषण कला […]

राष्ट्रको शान र पहिचान हुन् खेलाडी : उपप्रमुख अधिकारी

भरतपुर, ६ भदौ । भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले खेलाडी राष्ट्रको सान र पहिचान भएको बताएका छन् । विश्वमा नेपाल र नेपालीको पहिचान खेलाडीहरुकै कारणबाट स्थापित भएको उनले बताए । जिल्ला भलिबल संघ चितवन र भलिबल रेफ्री कमिशन चितवनको संयुक्त आयोजनामा गत साउन ३२ गतेबाट शुरु भएको जिल्ला स्तरीय एकहप्ते आधारभूत भलिबल रेफ्री तालिमलाई बुधबार […]

‘एक्सपर्ट एजुकेशन फेष्ट’ मा विद्यार्थीको भीड

भरतपुर, ६ भदौ । भरतपुरका अनुप भण्डारीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि विदेश जाने चाहना छ । तर कुन देश जाने र कसरी जाने भन्ने अन्यौलमा रहेका भण्डारीलाई बुधबार एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आफ्नै भवनमा आयोजना गरेको ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ ले ती सबै अन्यौल तोडिदियो । फेष्टमा दिउँसो पुगेका भण्डारी अष्ट्रेलिया, क्यानडा, युके, […]

कनेक्टले पायो अन्तर्राष्ट्रिय गुणस्तर चिह्नको प्रमाणपत्र

भरतपुर, ६ भदौ । उच्च शिक्षाका लागि अष्ट्रेलिया, क्यानडालगायतका देश जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको कनेक्ट अष्ट्रेलियन एजुकेसन एण्ड भिजा सर्भिसेजले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न (आईएसओ ९००१:२०१५) प्राप्त गरेको छ । बिगत २ महिना अघि आवेदन दिएकोमा विभिन्न चरणमा परिक्षण गरि प्रमाणपत्र प्राप्त भएको कनेक्ट नेपालका प्रमुख मेघराज कँँडेलले बताए । आफू स्वयं अष्ट्रेलियामा लामो […]

चन्द्रमामा पुग्यो भारतको यान

भरतपुर, ६ भदौ । भारतले पठाएको यान चन्द्रामा पुगेको छ । बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो । नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ । इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो । […]

मौलाकालिका गुरूकुललाई रेडक्रसले दियो वस्त्र

गैंडाकोट, ६ भदौ । नेपाल रेडक्रस सोसाइटी गैंडाकोट उपशाखाले मौलाकालिका गुरूकुललाई वस्त्र उपलब्ध गराएको छ । गुरूकुलमा अध्ययनरत सबै ३२ जना विद्यार्थी र गुरूलाई वस्त्र उपलब्ध गराएको हो । नेपाल रेडक्रस सोसाइटी गैंडाकोट उपशाखाका सभापति उमाकान्त सापकोटाको सभापतित्वमा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले रेडक्रसको सहयोग […]

यात्रुबाहक बस त्रिसुलीमा खस्यो, ८ जनाको मृत्यु

भरतपुर, ६ भदौ । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस बुधबार बिहान त्रिशुली नदीमा खसेको हो । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११: १० बजे दुर्घटनामा परेको हो । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय […]

आज ‘एक्सपर्ट एजुकेशन फेष्ट’

भरतपुर, ६ भदौ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा बुधबार ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुँदैछ । भरतपुर–१०, स्थित एक्सपर्ट कार्यालयमा हुने फेष्ट बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ । फेष्टमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजील्याण्ड जान चाहने विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने छन् । फेष्टमा एसीयु, साउथन क्रस युनिभर्सिटि, […]

विकूद्वारा पिओएस मेसिन शुभारम्भ

गैँडाकोट, ६ भदौ । विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पिओएस (प्वाइन्ट अफ सेल) मेसिन शुभारम्भ गरेको छ । कार्यक्रमका प्रमुख अतिथि, गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले अनावरण गरेका हुन् । जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम कार्डबाट सो मेसिनमार्फत भूक्तानी गर्न सकिने विकू सहकारीका प्रमुख अधिकृत माधवप्रसाद […]

नारायणगढमा देखियो लाखे

भरतपुर, ५ भदौ नेवाः पुचः नारायणगढले सोमबार नारायणगढमा लाखे जात्रा निकालेको छ । संस्थाको आफ्नै भवन अगाडि मैयादेवी मार्गबाट निकालिएको लाखे सहिदचोक, मिलनरोड, पुतलीबजारहुँदै संस्थाको भवन कमलनगरमा नै गएर सम्पन्न भएको थियो । लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । कृष्णलाई मार्नका लागि कंसले […]

कांग्रेसलाई गठबन्धन आवश्यक छैन : पौडेल

भरतपुर, ६ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । नेपाली कांग्रेसका लागि कुनै पनि चुनाव लड्न गठबन्धन आवश्यक नरहेको पौडेलको भनाइ छ । नेपाली कांग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको महानगर सम्मेलनलाई मंगलबार भरतपुरमा सम्बोधन गर्दै केन्द्रीय सदस्य पौडेलले सरकार भ्रष्टाचारको जालोबाट पन्छिन नमिल्ने तर्क […]