मौलाकालिका गुरूकुललाई रेडक्रसले दियो वस्त्र

गैंडाकोट, ६ भदौ ।
नेपाल रेडक्रस सोसाइटी गैंडाकोट उपशाखाले मौलाकालिका गुरूकुललाई वस्त्र उपलब्ध गराएको छ । गुरूकुलमा अध्ययनरत सबै ३२ जना विद्यार्थी र गुरूलाई वस्त्र उपलब्ध गराएको हो । नेपाल रेडक्रस सोसाइटी गैंडाकोट उपशाखाका सभापति उमाकान्त सापकोटाको सभापतित्वमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले रेडक्रसको सहयोग प्रति धन्यवाद व्यक्त गरे । उनले वैदिक सनातन धर्मको रक्षाका लागि सक्षम व्यक्ति निर्माण गर्ने अभिप्रायले मन्दिरमा संस्कृत गुरूकुलम सन्चालनमा ल्याइएको बताए ।

कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष हरिप्रसाद सापकोटाले दुःखमा रेडक्रस भन्ने मान्यताले सार्थकता पाएको बताए । संस्थाका सहसचिव दोलराज पाण्डेले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा शाखाका सदस्य एवम् पूर्व केन्द्रीय सदस्य पूर्णप्रसाद गौडेलले मन्तव्य राखेका थिए । कार्यक्रममा मन्दिरका निवर्तमान अध्यक्ष विष्णुहरि रिमाल, गुरूकुलम्का प्रधानाध्यापक लेखनाथ अधिकारी , कार्यसमितिका सदस्य गोविन्द रिमाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव विष्णुप्रसाद सापकोटाले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट