विकूद्वारा पिओएस मेसिन शुभारम्भ

गैँडाकोट, ६ भदौ ।
विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पिओएस (प्वाइन्ट अफ सेल) मेसिन शुभारम्भ गरेको छ । कार्यक्रमका प्रमुख अतिथि, गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले अनावरण गरेका हुन् ।
जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम कार्डबाट सो मेसिनमार्फत भूक्तानी गर्न सकिने विकू सहकारीका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए । ३३ औँ वार्षिकोत्सवका अवसरमा अमरापुरीमा आयोजित कार्यक्रममा पिओएस मेशिन विजयश्री उपभोक्ता सहकारीद्वारा सञ्चालित किसान मार्टका लागि हस्तान्तरण गरिएको थियो । पिओएस मेसिन वायरलेस वाईफाइ प्रविधिमा आधारित रहेको उनले जानकारी दिए । यसलाई अन्य व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानमा क्रमैसँग विस्तार गर्दै जाने उनको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि, गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले आफू विकूको सदस्य रहेका कारण संस्थाबारे जानकार रहेको र यो उत्कृष्ट सहकारीका रुपमा रहेको बताए । सक्षम नेतृत्व, स्पष्ट लक्ष्य र सुशासनका कारण संस्थाले यो उपलब्धि हासिल गर्न सकेको उनको भनाइ थियो । उनले सहकारीका क्षेत्रमा देखिएका समस्यालाई हल गर्दै जाने र सहकारी नियमन एवं नीति निर्माणमा मन्त्रालयको तर्फबाट काम समेत भइरहेको बताए ।

विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले संस्थाको व्यावसायिक योजना अनुसार सामाजिक रुपान्तरणका क्षेत्रमा अब विकूले काम गर्ने बताए । यो अवस्थासम्म ल्याउन सहयोग गर्नुहुने सबैमा उनले आभार व्यक्त गरे ।

कार्यक्रममा विकूका निवर्तमान अध्यक्ष केशवप्रसाद सापकोटा, पूर्व अध्यक्ष इन्द्रराजज्योती पौडेल, नारायण सापकोटा, लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, विजय परिवारका सदस्य संस्थाका प्रतिनिधि, विकूका संस्थापकहरु, पूर्व सञ्चालक समिति, उप समितिका पदाधिकारीहरु, सेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । विकूका उपाध्यक्ष यमुनाथ आचार्यले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रम विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले सहजीकरण गरेका थिए ।
सो अवसरमा विभिन्न विधामा उत्कृष्ट कर्मचारी सिन्धु सुवेदी, प्रीया सिं ठकुरी, अर्जुन कँडेल, लक्ष्मी थापा राना, ओमबहादुर थनेत, उत्कृष्ट ईन्चार्ज सुरजबहादुर लौडारी, उत्कृष्ट विभागिय प्रमुख मदन सापकोटा, उत्कृष्ट सेवा केन्द्र नवजागरण सेवा केन्द्र, उत्कृष्ट व्यवस्थापन उप समिति नवजागरण सेवा केन्द्र र उत्कृष्ट सिक्स एस मूल्याङ्कनमा पूजा सेवा केन्द्रलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । वार्षिकोत्सव अन्तर्गत विकूले यसअघि हाजिरीजवाफ प्रतियोगिता, पूर्ण विकू सदस्य वडा घोषणा, रक्तदान कार्यक्रम गरेको थियो ।

२०४८ सालमा स्थापित विकूले हाल २४ वटा सेवा केन्द्रमार्फत चितवन र नवलपरासीका करिब १ लाख ३० हजार सदस्यलाई वित्तीय एवं गैर वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट