कनेक्टले पायो अन्तर्राष्ट्रिय गुणस्तर चिह्नको प्रमाणपत्र

भरतपुर, ६ भदौ ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया, क्यानडालगायतका देश जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको कनेक्ट अष्ट्रेलियन एजुकेसन एण्ड भिजा सर्भिसेजले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न (आईएसओ ९००१:२०१५) प्राप्त गरेको छ ।

बिगत २ महिना अघि आवेदन दिएकोमा विभिन्न चरणमा परिक्षण गरि प्रमाणपत्र प्राप्त भएको कनेक्ट नेपालका प्रमुख मेघराज कँँडेलले बताए । आफू स्वयं अष्ट्रेलियामा लामो समय बसेकोले यसका लागि आवश्यक मापदण्ड पूरा गर्न मद्दत मिलेको उनको भनाइ छ । ६ वर्षदेखि उच्च शिक्षाका लागि अष्ट्रेलिया, क्यानडालगायतका देशमा जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको कनेक्टले मुलुकभर नौवटा शाखा सञ्चालन गरिसकेको छ ।

कनेक्ट अष्ट्रेलियाका प्रमुख देवराज कँडेलले गुणस्तर चिह्न पाउनु गर्वको विषय भएको बताए । `यो एउटा महत्वपूर्ण उपलब्धि हो । नेपालमा पहिलो (आईएसओ ९००१:२०१५) प्रमाणित परामर्शदाता गुणस्तर व्यवस्थापन प्रणालीहरूको लागि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मानक हो´, उनले भने – ‘यो प्रमाणीकरण प्राप्त गर्नाले उच्च-गुणस्तरका सेवाहरू प्रदान गर्ने प्रतिबद्धता झल्काउँछ । यसले परामर्शदाताबाट शिक्षा र भिजा सेवाहरू खोज्ने विद्यार्थीहरूको विश्वास बढाउँछ । हामी यसमा प्रतिबद्ध छौँ ।´

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट