राष्ट्रको शान र पहिचान हुन् खेलाडी : उपप्रमुख अधिकारी

भरतपुर, ६ भदौ ।
भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले खेलाडी राष्ट्रको सान र पहिचान भएको बताएका छन् । विश्वमा नेपाल र नेपालीको पहिचान खेलाडीहरुकै कारणबाट स्थापित भएको उनले बताए ।

जिल्ला भलिबल संघ चितवन र भलिबल रेफ्री कमिशन चितवनको संयुक्त आयोजनामा गत साउन ३२ गतेबाट शुरु भएको जिल्ला स्तरीय एकहप्ते आधारभूत भलिबल रेफ्री तालिमलाई बुधबार भरतपुरमा समापन गर्दै नगर उपप्रमुख अधिकारीले इतिहासका कुनै पनि कालखण्डमा नेपाली खेलाडीहरुले नेपाललाई विश्व सामु चिनाएको कुरालाई भुल्न नहुने बताए ।

‘खेलमा अनुशासन र मेहनत जरुरी छ’ उपप्रमुख अधिकारी भने, ‘हाम्रो पहिचानको रुपमा रहेको भलिबल खेललाई विकास गर्न खेलाडी र रेफ्रीहरु अनुशासित हुनुपर्छ । प्रशिक्षार्थीहरूले कोर्सबाट सिकेको कुरा व्यवहारमा उतार्न सकेमात्रै यस्ता खालका तालिमहरुले सार्थकता पाउने उनको भनाइ छ । उनले नेपालमा खेलकुद क्षेत्रमा भइरहेको पक्षपातले सही र योग्य मान्छे अवसरबाट वञ्चित भइरहेको हुँदा सबैले समान अवसर पाउने खालको व्यवस्था बनाउन आवश्यक रहेको समेत उल्लेख गरे ।

भलिबल खेलाडीलाई प्रोत्साहन गर्न आवश्यक रहेको उल्लेख गर्दै उपप्रमुख अधिकारीले खेललाई थप उत्साहित बनाउन भलिबल खेलका लागि आवश्यक रेफ्री उत्पादन गर्न तालिमको आयोजना गरिएको हुँदा यसको सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह समेत गरे ।
तालिममा ४२ जना प्रशिक्षार्थी सहभागी भएका थिए । सहभागी प्रशिक्षार्थीहरुलाई नगर उपप्रमुख अधिकारीले प्रमाणपत्र र रेफ्री लाइसेन्स प्रदान गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट