१७ घण्टापछि खुल्यो नारायणगढ – मुग्लिङ सडक

भरतपुर, ५ भदौ ।
नारायणगढ–मुग्लिङ सडकखण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरोले अवरुद्ध बनेको सडक १७ घण्टापछि सञ्चालनमा आएको छ । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो पन्छाएर अहिले १ बजेदेखि यातायात सञ्चालनमा ल्याइएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो । सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको थियो । तीन लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाउने काम गरेका हुन् ।

पौडेलका अनुसार सात हजार घनमिटर हाराहारी पहिरो खसेको अनुमान छ । करिब ६०–७० मिटर माथिबाट पहिरो झरेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट