नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

काठमाडौं, ५ भदौ । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित एक समारोहका बीच मङ्गलबार अपराह्न शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो […]

१७ घण्टापछि खुल्यो नारायणगढ – मुग्लिङ सडक

भरतपुर, ५ भदौ । नारायणगढ–मुग्लिङ सडकखण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरोले अवरुद्ध बनेको सडक १७ घण्टापछि सञ्चालनमा आएको छ । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो पन्छाएर अहिले १ बजेदेखि यातायात सञ्चालनमा ल्याइएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो । […]

नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलन भदौ २३ र २४ गते

भरतपुर, ५ भदौ । नेपाली काङ्ग्रेस चितवनले भदौ २३ र २४ गते जिल्ला सम्मेलन गर्ने भएको छ । पार्टी कार्यालय कमलनगरमा सोमबार बसेको जिल्ला कार्यसमितिको नियमित पुर्ण बैठकले भाद्र २३ र २४ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनलाई नेपाली कांग्रेसका केन्द्रीय नेता डा. शेखर कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा […]

नारायणगढ–मुग्लिङ सडक : मध्याह्नसम्ममा एकतर्फी बाटो खुलाउने तयारी

भरतपुर, ५ भदौ । सोमबार राति ८ बजेदेखि बन्द रहेको नारायणगढ – मुग्लिङ सडकखण्ड एकतर्फी रूपमा खुलाउने प्रयास भैरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । नारायणगढ – मुग्लिङ सडकखण्डको नाम्सि पुल नजिकै खसेको भीषण सुक्खा पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक डिभिजन प्रमुखको नेतृत्वमा ईन्जिनियर, सब ईन्जिनियर, मेशिन अपरेटर, सुपरभाइजर लगायतका […]

घ्युखोलामा यात्रुबस पल्टिँदा २९ जना घाइते

कावासोती, ५ भदौ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिकाको दाउन्नेस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा  पल्टिएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा मंगलबार बिहान […]

नारायणगढ–मुग्लिङ सडकको पहिरो पन्छाउन ५ घण्टा जति लाग्ने

भरतपुर, ५ भदौ । नारायणगढ–मुग्लिङ सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच/छ घण्टा लाग्ने भएको छ । सोमबार साँझ करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । “हिजो राति १० बजेदेखि लगातार पहिरो […]

दक्षिण कोरियाले थाल्यो संयुक्त सैन्य अभ्यास

दक्षिण कोरिया उत्तर कोरियासँग बढेको तनावको बीचमा दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका लगायत ९ राष्ट्रले प्रमुख संयुक्त सैन्य अभ्यास सोमबारदेखि दक्षिणकोरियामा शुरु गरेका छन् । ११ दिनसम्म चल्ने अभ्यासमा दक्षिण कोरियास्थित अमेरिकी फोर्सका अनुसार दक्षिण कोरिया र अमेरिकी सहभागीहरू बाहेक, संयुक्त राष्ट्र कमाण्ड (युएनसी) का नौ सदस्य राष्ट्र अष्ट्रेलिया, क्यानडा, फ्रान्स, बेलायत, ग्रीस, इटाली, न्युजिल्यान्ड, […]

अक्सफोर्ड कलेजद्वारा सञ्चार गृहलाई धम्की

भरतपुर, ५ भदौ । गैँडाकोटस्थित अक्सफोर्ड कलेजले आफ्नो कमजोरी ढाकछोप गर्न सञ्चारमाध्यमलाई धम्की दिन थालेको छ । अराजक समूह परिचालन गरी कलेजले सञ्चारमाध्यमलाई धम्क्याउन थालेको हो । सोमबार दिउँसो कलेजको अराजक समूहले चितवन पोष्ट दैनिक र नारायणी अनलाइनमा पालैपाले पुगेर धम्की दिएको हो । कलेजका सञ्चालक हरि भण्डारीका छोरा रोहन सहितको टोलीले पत्रिका र अनलाइनको […]