नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलन भदौ २३ र २४ गते

भरतपुर, ५ भदौ ।
नेपाली काङ्ग्रेस चितवनले भदौ २३ र २४ गते जिल्ला सम्मेलन गर्ने भएको छ । पार्टी कार्यालय कमलनगरमा सोमबार बसेको जिल्ला कार्यसमितिको नियमित पुर्ण बैठकले भाद्र २३ र २४ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनलाई नेपाली कांग्रेसका केन्द्रीय नेता डा. शेखर कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा अन्य केन्द्रीय नेताहरुको विशेष उपस्थिति रहने नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । त्यस्तै बैठकले क्रियाशील सदस्यता नवीकरण अभियान र आन्तरिक विशेष अभियानको समीक्षा गरि जिल्ला प्रतिनिधि, वडा सभापति, कार्यसमितिलगायत सबै तहका कार्यकर्ताहरुलाई विशेष धन्यबाद ज्ञापन समेत गरेको छ ।

बैठकमा सभापति राजेश्वर खनालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र सचिव ध्रवराज पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनलाई सुझाव र प्रतिक्रिया सहित अनुमोदन गरि जिल्ला सम्मेलनमा पेश गर्ने निर्णय समेत गरिएको छ ।

बैठकले जिल्ला सदस्य जगन्नाथ न्यौपानेको संयोजकत्वमा गठित अभिलेख, मूल्याङ्कन तथा अनुगमन विभागको कार्यविधि सुझाव सहित पारित गर्दै ७ वटै पालिकाहरुमा पालिका बाटिका निर्माण गर्ने, भदौ २७ गते महिला संघको आयोजनामा दर खाने कार्यक्रम गर्ने र नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको शोक प्रस्ताव पारित गरी उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला कार्यसमिति पदाधिकारी, सदस्यहरु, क्षेत्रीय सभापतिहरु, प्रदेशसभा सभापतिहरु, पालिका सभापतिहरुलगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । बैठकमा क्रियाशील सदस्यता नवीकरण अभियान र आन्तरिक विशेष अभियान-२०८० को समीक्षा गरिनुका साथै आगामी पालिका सम्मेलन, प्रदेशसभा सम्मेलन, क्षेत्रीय सम्मेलनका बारेमा बृहत छलफल गरि सुझाव संकलन गरिएको छ । पार्टीले आज मंगलबार भरतपुर महानगर सम्मेलन गर्दैछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट