वडाध्यक्ष खनालको जन्मदिवस आश्रममा

कावासोती, २ भदौ ।
कावासोती नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष ध्रुव खनाल (दिपेश)ले आफ्नै वडामा रहेको वृद्धा आश्रममा जन्मदिन मनाएका छन् । अध्यक्ष खनालको शनिबार परेको जन्मदिनको अवसरमा लक्ष्मीनारायण वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकसँग जन्मदिन मनाएका हुन् ।

आश्रममा रहेका ज्येष्ठ नागरिकहरुले अध्यक्ष खनाललाई टीका लगाई शुभकामना व्यक्त गरेका थिए । वडाध्यक्षले आश्रममा नै जन्मदिन मनाउने कामले अरुलाई पनि राम्रो सन्देश जाने उनीहरूले बताए । कावासोती-१२ मा लोकप्रिय छवि बनाएका वडाध्यक्ष खनालले आफ्नो ४७ औं जन्मदिनमा आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेका थिए ।

आश्रममा केक काटी आफ्नो जन्मदिन मनाएका खनालले भने ‘आज म जन्मिएको दिन आफूले जन्म दिएका सन्तति भन्दा केहि टाढा रहेर वृद्धा आश्रममा बसेका बुबा-आमासँगै केक काट्न पाउँदा अत्यन्तै खुसी भएको छु । खासमा यो दिन मेरो लागि स्मरणीय हुनेछ ।’ खनालले आफ्नै वडामा रहेको आश्रममा बसोबास गरेका बुबाआमासँग आशीर्वाद लिन आएको समेत बताए । उनले भने , ‘ ज्येष्ठ नागरिकहरुलाई सबैले सम्मान गर्नुपर्ने र उहाँहरुको अनुभवलाई सही सदुपयोग गर्न आवश्यक रहेको छ ।’ वडाले यस वर्ष बालबालिकासँग ज्येष्ठ नागरिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष खनालले बताए ।

जन्मदिन मनाउनका लागि आश्रममा खनालसँगै कवि दीपक सोती, अधिवक्ता भुपेन्द्र खनाल, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्मा, पिठौली चौर युवा समितिका अध्यक्ष सागर गुरुङ, कावासोती नगर बाल सञ्जालका अध्यक्ष नवीन मानन्धर, परिवर्तनका लागि युवा नेपालका उपाध्यक्ष डण्डापानी न्यौपाने, डायमण्ड युथ सोसाइटीका सदस्य श्याम थनेतलगायत पुगेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट