रामपुरका रेग्मी सम्पर्कविहीन

पाल्पा, २ भदौ । रामपुर-५, पाल्पा निवासी ६० वर्षीय मीनराज रेग्मी दुई दिनदेखि सम्पर्कमा नआउँदा परिवारजन चिन्तामा परेका छन् । परिवारका अनुसार रेग्मी शुक्रबार बिहान ६ बजेदेखि सम्पर्कविहीन छन् । लु ३१ प १९२९ नम्बरको रातो रङको युनिकर्न मोटरसाइकलमा दिउँसो केराबारी कटेको भन्ने सूचना पाएको तर हालसम्म फेला नपरेको परिवारको भनाई छ । निज रेग्मीलाई […]

वडाध्यक्ष खनालको जन्मदिवस आश्रममा

कावासोती, २ भदौ । कावासोती नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष ध्रुव खनाल (दिपेश)ले आफ्नै वडामा रहेको वृद्धा आश्रममा जन्मदिन मनाएका छन् । अध्यक्ष खनालको शनिबार परेको जन्मदिनको अवसरमा लक्ष्मीनारायण वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकसँग जन्मदिन मनाएका हुन् । आश्रममा रहेका ज्येष्ठ नागरिकहरुले अध्यक्ष खनाललाई टीका लगाई शुभकामना व्यक्त गरेका थिए । वडाध्यक्षले आश्रममा नै […]

फिफा विश्वकपः अस्ट्रेलियालाई हराउँदै स्विडेन चौँथोपटक तेस्रो

भरतपुर, २ भदौ । सह-आयोजक अस्ट्रेलियालाई पराजित गर्दै स्विडेन चौँथोपटक फिफा महिला विश्वकप फुटबलमा तेस्रो भएको छ । अस्ट्रेलियाको ब्रिसबेन स्टेडियममा शनिबार भएको तेस्रो स्थानको खेलमा स्विडेनले अस्ट्रेलियालाई २-० ले पराजित गरेको हो । स्विडेनलाई जित दिलाउन फ्रिडोलिना रोल्फो र कोसोभारे अस्लानीले एक-एक गोल गरे । रोल्फोले ३० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै स्विडेनलाई अग्रता […]

माडीमा बोक्सीविरुद्धको वृत्तचित्र `अग्निदहन´ प्रदर्शन

माडी, २ भदौ । माडीमा बोक्सीविरुद्धको वृत्तचित्र अग्निदहन प्रदर्शन गरिएको छ । राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले बुद्ध टोलविकास संस्था बरुवाको सहकार्यमा वृत्तचित्र देखाएको हो । सोमेश्वर माविको सभाहलमा विद्यार्थी र स्थानीयलाई वृत्तचित्र देखाइएको थियो । बोक्सा बोक्सीको आरोप लगाउने, क्रुर अमानवीय वा अपमानजनक व्यवहार गर्ने, यातना दिने जस्ता कुप्रथा रोकथामका लागि सचेतना फैलाउन कार्यक्रम गरिएको […]

दुर्व्यवहार सम्बन्धि सचेतनामुलक कार्यक्रम

कावासोती, २ भदौ । कावासोती नगरपालिका वडा नम्बर ११ मा दुर्व्यवहार सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । क्यान्नलान स्विजरल्याण्डको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नम्बर ११ को कार्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नवलपुर किशोरी संजालको समन्वयमा शुक्रबार कार्यक्रम गरिएको हो । कार्यक्रममा कावासोती नगरपालिकामा जागृति बाल तथा […]

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

भरतपुर, २ भदौ । पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सुची सार्वजनिक गरिएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षका लागि पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको ‘सर्ट लिस्ट’ सार्वजनिक गरेको हो । सो प्रतिष्ठानका अध्यक्ष जीबा लामिछानेले सार्वजनिक गरेको सर्टलिस्ट अनुसार सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, डा.देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको […]

भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क

भरतपुर, २ भदौ । भरतपुर अस्पतालले अन्तरंग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो । अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा. गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिए । उनले क्रिटिकल केयर […]

भरतपुर अस्पतालका मेसुले निबन्ध लेखक र कर्मचारीलाई गरे पुरस्कृत

भरतपुर, २ भदौ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले निबन्ध लेखनमा सहभागी भै विजयी भएकालाई पुरस्कृत गरेका छन् । डाक्टर पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत `म भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भए के गर्थें ? शीर्षक दिएर निबन्ध लेख्न आह्वान गरेका थिए । खुला रूपमा आह्वान गरिएको उक्त निबन्ध प्रतियोगितामा ३५ जनाले निबन्ध पठाएका थिए […]