भरतपुर अस्पतालका मेसुले निबन्ध लेखक र कर्मचारीलाई गरे पुरस्कृत

भरतपुर, २ भदौ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले निबन्ध लेखनमा सहभागी भै विजयी भएकालाई पुरस्कृत गरेका छन् । डाक्टर पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत `म भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भए के गर्थें ? शीर्षक दिएर निबन्ध लेख्न आह्वान गरेका थिए ।

खुला रूपमा आह्वान गरिएको उक्त निबन्ध प्रतियोगितामा ३५ जनाले निबन्ध पठाएका थिए । प्रतियोगितामा हेटौंडाका डाक्टर राम थापा क्षेत्रीले प्रथम स्थान हासिल गरे । त्यसैगरी भरतपुरका रामहरि ढकाल, जय पाठक र शर्मिला ढकालले संयुक्तरूपमा द्वितीय स्थान हासिल गरेका छन् भने सान्त्वना पुरस्कार जनकल्याण मावि माडीमा कक्षा १० मा अध्ययनरत सौगात पोखरेेलले प्राप्त गरे ।
पुरस्कृत सबैलाई मेडिकल सुपरिटेन्डेन्ट प्राडा पौडेल र भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले संयुक्तरुपमा पुरस्कार अर्पण गरे । प्रथम हुनेलाई ५ हजार रुपैयाँ, द्वितीय र सान्त्वना सबैलाई १/१ हजारसहित प्रमाणपत्र रहेको थिए । यो पुरस्कार प्राडा पौडेलले आफ्नो व्यक्तिगत खर्चमा उपलब्ध गराएका हुन् ।

पुरस्कार हस्तान्तरणपछि कार्यक्रममा बाेल्दै प्राडा पाैडेलले प्राप्त निबन्धबाट अस्पताल व्यवस्थापनका क्रममा आँखा नपुगेका र सुधार गर्न सकिने कैयाैँ विषयबाेध भएकाे बताए । ‘निबन्धले धेरै आइडिया दिएका छन्’, उनले भने- ‘कतिपय अवस्थामा हामी राम्राे गरिरहेकाे मात्रै देख्छाैँ, गलत भएकाे देख्दैनाैँ । यस्ता प्रतियोगिताले त्यस्ताे कमजोरी थाहा पाइने रहेछ ।’

त्यसैगरी अस्पतालमा सेवारत महिनाको उत्कृष्ट कर्मचारीका रूपमा चिकित्सक डा. चिरञ्जीवी प्रसाद पटेल र कार्यालय सहयोगी दीपेन्द्र नेपालीलाई पुरस्कृत गरिएको छ । अस्पतालको नियमित सम्मान अन्तर्गत दुबैजनालाई नगद र सम्मानपत्रले सम्मान गरिएको प्राडा पौडेलले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट