पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

भरतपुर, २ भदौ ।
पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सुची सार्वजनिक गरिएको छ ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षका लागि पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको ‘सर्ट लिस्ट’ सार्वजनिक गरेको हो ।

सो प्रतिष्ठानका अध्यक्ष जीबा लामिछानेले सार्वजनिक गरेको सर्टलिस्ट अनुसार सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, डा.देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा.नवराज केसी शून्यको मुल्य नामक पुस्तकहरू परेको छ ।

सो प्रतिष्ठानले विगत २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

अध्यक्ष लामिछानेका अनुसार चयन प्रक्रियाको पहिलो चरणमा सो प्रतिष्ठानमा प्राप्त १८० पुस्तकमध्येबाट निर्धारित मापदण्ड बमोजिम निर्णायक समितिको सिफारिसअनुसार गत असार १५ गते १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (लङ्ग लिस्ट) सार्वजनिक गरेका थियो र चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तक मध्येबाट पाँच पुस्तकलाई उत्कृष्ट संक्षिप्त सूची (सर्ट लिस्ट) निर्णायक मण्डलको सिफारिस बमोजिम शनिबार सार्वजनिक गरिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट