टिकौली जंगलमा ८ वटा सवारीसाधन एकै पटक ठोक्किए, २० जना घाइते

भरतपुर, ३१ साउन ।

पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भरतपुर – रत्नगनगर सडकको टिकौली जंगलमा आठ वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना. १ क ६१३१ नम्बरको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको बोलेरोलाई बुधबार बिहान करिब ११ः४० बजे ठक्कर दिएको थियो । बोलेरो शव लिएर देवघाटतर्फ जाँदै थियो । लगत्तै ४ वटा मोटरसाइकल र २ वटा स्कुटर समेत एकआपसमा ठोक्किन पुगेका थिए ।

बा.प्र.०६–००१ प ९९८१, बा.प्र.०३–००५ प ९७, ना. ६२ प ६०३२ र बा.प्र.०३–००१ प ४१४७ नम्बरका मोटरसाइकल र बा.प्र.०६–००१ प २२९४ र बा.प्र.०३–००२ प ४१९८ नम्बरका स्कुटर एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरूको भरतपुर अस्तपाल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेहरूमा खैरहनी नगरपालिकाका ६५ वर्षीय कृष्णबहादुर तामाङ, ८२ वर्षका जितबहादुर तामाङ, रत्ननगर – १४ का ५५ वर्षीय कुसुमबहादुर राना, डोलबहादुर कार्की, ३८ वर्षीय सुरेश श्रेष्ठ, रत्ननगर – ९ ३५ वर्षीय किशोर तामाङ र हेटौँडा उपमहानगरपालिका- १४ का ६५ वर्षीय महोन तामाङ रहेका छन् । उनीहरूको उपचार भरतपुर अस्पतालमा भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी रत्ननगर- १४ का पुरन लामा, बुद्धिराम तामाङ, रेशम पोख्रेल, रत्ननगर- १६ का दिलबहादुर घिसिङ र काठमाडौँ गोकर्ण- ४ बस्ने ४८ वर्षीया तारा श्रेष्ठ घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको छ । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

बोलेरो गाडीमा सवार गैंडाकोट नगरपालिका – ८ का ५१ वर्षीय लोकराज लामा, आईतराम कामी, गोपाल तामाङ, पुष्प तामाङ, कृष्ण लामा, जीवन लामा घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको छ । लोकराज बाहेक अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बा.प्र.०३–००६ प ९९८१ नम्बरको मोटरसाइकल चालक रत्ननगर- १४ का ३३ वर्षीय शंकर परियार र पछाडि सवार दिवेश शाक्य सामान्य घाईते भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट