अक्सफोर्ड कलेजमा अत्याधुनिक कम्प्युटर ल्याब

गैँडाकोट, ३१ साउन गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले अत्याधुनिक कम्प्युटर ल्याब तयार गरेको छ । कक्षा १२ उत्तीर्ण गरी ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङमा अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि कलेजले अत्याधुनिक कम्प्युटर ल्याब तयार गरेको हो । कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले स्नातक तहमा अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि नयाँ कम्प्युटर ल्याब प्रयोग गरिने बताए । […]
२०८० साउन ३२ गते बिहीबारको कायाकैरन दैनिक (ePaper)

सागर हिँडेकाहरु अस्पताल पुगे

भरतपुर, ३१ साउन रत्ननगर–१४ पारिजातचोकका कृष्णबहादुर तामाङको बुधबार बिहान असामयिक निधनपछि दाहसंस्कारका लागि देवघाट ल्याउँदै गर्दा शव बोकेको बोलेरोलाई कलेज बसले ठक्कर दिएपछि सागर हिँडेकाहरु घाइते भई अस्पताल जानु परेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको टिकौली जंगलमा भएको गाडी दुर्घटनामा २० जना घाइते भएका छन् । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको […]
दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मंसिरमा, १८० स्टल राख्ने तयारी

काठमाडौँ, ३१ साउन । दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी आगामी मंसिरमा हुने भएको छ । साेमबार दरबारमार्गस्थित ओपियम रेष्टुरेण्टमा आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा उक्त प्रदर्शनीका बारेमा जानकारी गराइएकाे थियाे । कार्यक्रम मंसिर ५ देखि १० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सघंका महासचिव शिवसागर शर्माले जानकारी दिए । ‘यो प्रदर्शनीमा दक्षिण एसियाली क्षेत्रका राष्ट्रहरूको सहभागिता रहने भएकाले […]
फिफा विश्वकपः सह-आयोजक अस्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड पहिलोपटक फाइनलमा

काठमाडौँ, ३१ साउन । इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सह-आयोजक अस्ट्रेलियालाई ३-१ गोलअन्तरले हराउँदै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । यो जितसँगै इंग्ल्यान्ड पहिलोपटक विश्वकपको फाइनल पुग्यो । लगातार तीनपटक सेमिफाइनल हार व्यहोरेको इंग्ल्यान्ड चौथो पटकमा उपाधि नजिक पुगेको हो । […]
टिकौली जंगलमा ८ वटा सवारीसाधन एकै पटक ठोक्किए, २० जना घाइते

भरतपुर, ३१ साउन । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भरतपुर – रत्नगनगर सडकको टिकौली जंगलमा आठ वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना. १ क ६१३१ नम्बरको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको बोलेरोलाई बुधबार बिहान करिब ११ः४० बजे ठक्कर दिएको थियो । बोलेरो शव लिएर देवघाटतर्फ […]
टिकौली जंगलमा गाडी दुर्घटना, विवरण आउन बाँकी

भरतपुर, ३१ साउन । महेन्द्र राजमार्गको टिकौली जंगलमा यातायात दुर्घटनामा परेका छन् । अक्सफोर्ड कलेज गैंडाकोटको बस, शव बोकेको गाडी, स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कर खाएका हुन् । दुर्घटनामा परेका घाइतेहरुको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको विवरण संकलन भैरहेको चितवन प्रहरीले बताएको छ । घटनाको विवरण आउन बाँकी […]
नेयमार साउदी क्लब अल हिलालमा आवद्ध

जेन्सी। ब्राजिलका स्टार फुटबलर नेयमार साउदी अरेबियाको फुटबल क्लब अल हिलालमा आवद्ध भएका छन् । यस सम्बन्धमा अल-हिलाब क्लबले हिजो मंगलबार आधिकारिक घोषणा गरेको हो। समाचार एजेन्सी रोयटर्सका अनुसार नेमारले अल–हिलालसँग दुई वर्षको सम्झौता गरेका छन् । यसअघि नेयमार विगत ६ वर्षदेखि पेरिस सेन्ट जर्मेन क्लबमा थिए र अहिले यो क्लब छोडेर नेयमार अल–हिलालमा आबद्ध भएका […]
२०८० साउन ३१ गते बुधबारको कायाकैरन दैनिक (ePaper)