भरतपुर, ३१ साउन ।
महेन्द्र राजमार्गको टिकौली जंगलमा यातायात दुर्घटनामा परेका छन् ।
अक्सफोर्ड कलेज गैंडाकोटको बस, शव बोकेको गाडी, स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कर खाएका हुन् । दुर्घटनामा परेका घाइतेहरुको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको विवरण संकलन भैरहेको चितवन प्रहरीले बताएको छ । घटनाको विवरण आउन बाँकी छ ।





