होटल व्यवसायी संघ – चितवनमा कृष्ण निर्विरोध

भरतपुर, २७ साउन ।
होटल व्यावसायी संघ- चितवनको अध्यक्षमा लोकनाथ भट्ट निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न २७औँ साधरणसभा तथा १३औँ अधिवेशनले भट्टलाई अध्यक्ष पदमा चयन गरेको हो । भट्ट होटल जमघट र जमघट रेस्टुरेन्ट प्रालिका सञ्चालक हुन् । उनी २८ वर्षदेखि यस व्यवसायसँग आवद्ध रहँदै आएका छन् । त्यस्तै मौलाकालिका अस्पतालका सेयर सदस्य, ग्यालेक्सी गार्डेन रिसोर्टका बोर्ड मेम्बर र लायन्स क्लब अफ नारायणी एमजेएफ वर्ष २०२३ का अध्यक्ष समेत रहेका छन् ।

त्यसैगरी संघको उपाध्यक्षमा ऋषिकेश अर्याल, यज्ञबहादुर कार्की जनक पौडेल र कमला गुरुङ, महासचिवमा रामबहादुर गुरुङ, कोषाध्यक्ष पदमा राजकुमार श्रेष्ठ, सचिव कृष्णकुमार महतो र सह कोषाध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमा फणिन्द्र न्यौपाने, विकास गुरुङ र डोलबहादुर गुरुङ रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट