सीपलाई राष्ट्रको विकासमा खर्चिन प्रचण्डको आग्रह

भरतपुर, साउन २७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसर पारेर शनिबार चितवनमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विदेश जाने र विदेशमा रहेको सम्पूर्ण युवाहरुलाई आफ्नो सीप र क्षमता राष्ट्रको विकासमा खर्चिन अनुरोध गरेका हुन् । ‘बिस्तारै देशले नयाँ गति […]
होटल व्यवसायी संघ – चितवनमा कृष्ण निर्विरोध

भरतपुर, २७ साउन । होटल व्यावसायी संघ- चितवनको अध्यक्षमा लोकनाथ भट्ट निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न २७औँ साधरणसभा तथा १३औँ अधिवेशनले भट्टलाई अध्यक्ष पदमा चयन गरेको हो । भट्ट होटल जमघट र जमघट रेस्टुरेन्ट प्रालिका सञ्चालक हुन् । उनी २८ वर्षदेखि यस व्यवसायसँग आवद्ध रहँदै आएका छन् । त्यस्तै मौलाकालिका अस्पतालका सेयर […]
सेढाईँको `माटाको सुगन्ध´ सार्वजनिक

भरतपुर, २७ साउन । लेखक श्यामजी अतिथि सेढाईँको निबन्धसङ्ग्रह `माटाको सुगन्ध´ सार्वजनिक भएको छ । स्रस्टाहरू रामबाबु घिमिरे, गोविन्दराज विनोदी, प्राडा नारायणप्रसाद खनाल, इन्द्र रेग्मी, रामहरि श्रेष्ठ र केदारनाथ खनालले पुस्तक विमोचन गरेका हुन् । चितवन साहित्य परिषद्ले प्रकाशन गरेको पुस्तकमा २८ वटा निबन्ध रहेका छन् । आत्मपरक शैलीमा लेखिएका सेढाईँका कुनैकुनै निबन्ध नियात्रा शैलीमा […]
इन्टर्याक्ट क्लब अफ सनराइजको पदस्थापन

भरतपुर, २७ साउन । इन्टर्याक्ट क्लब अफ सनराइजको तेस्रो पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम शनिबार सनराइज स्कुलको सभाहलमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष अनुरुप पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि रोटरी क्लब अफ चितवनका अध्यक्ष चन्द्रेश्वरप्रसाद भट्टराई थिए । कार्यक्रममा क्षेत्रीय प्रतिनिधि प्रनिश बराल, रोटरी क्लब अफ चितवनका प्रथम उपाध्यक्ष रामचन्द्र अधिकारी, सनराइज स्कुलका […]
अन्तर्राष्ट्रिय हात्ती दिवसमा सौराहाका हात्तीलाई वनभोज

भरतपुर, २७ साउन । १२ औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको प्राङ्गणमा वनभोज खुवाइएको हो । हात्ती दिवसको अवसरमा हरेक वर्ष हात्तीलाई फलफूल, सखरसहितको भोजन खुवाइने गरिन्छ । सौराहामा निजी स्तरमा सञ्चालित तथा सरकारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्तीलाई वनभोज खुवाइएको […]
बेटर चितवनको कविता प्रतियोगितामा बाराका उप्रेती प्रथम

भरतपुर, २७ साउन । बेटर चितवनले आयोजना गरेको कविता प्रतियोगितामा अनुपराज उप्रेती प्रथम भएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरिएको कविता प्रतियोगितामा उत्कृष्ट अंकसहित उप्रेती प्रथम भएका हुन् । उनले युवा आकाङ्क्षा र नेपाल शीर्षकको कविता प्रस्तुत गरेका थिए । उप्रेती गौरीशंकर मावि निजगढ बारामा कक्षा १० मा अध्ययनरत छन् । त्यसैगरी रञ्जन […]
बास नवलपुरद्वारा थुम्सीमा वृक्षरोपण

गैँडाकोट, २७ साउन । सुशासनको वकालत गर्दै आएको बागेश्वरी असल शासन क्लब (बास) नवलपुर शाखाले वातावरण संरक्षणमा जोड दिँदै वृक्षरोपण गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवालाई संरक्षणमा जागरुक गराउन वृक्षरोपणमा जोड दिइएको बागेश्वरी असल शासन क्लब (बास) नवलपुरका अध्यक्ष तेजेन्द्र राना मगरले जानकारी दिए । वृक्षरोपण कार्यक्रममा बोल्दै अध्यक्ष मगरले नेपालमा सामुदायिक वनको […]
भरतपुरको झरीमा गुञ्जिए परिविक्रम

भरतपुर, २७ साउन । शनिबार बिहानैदेखि पानी परिरहेको थियो । घाम उदाएर उज्यालो देखिनुपर्ने बेलामा पनि कालो बादल मडारिएर भरतपुरको आकाश धमिलो बनेको देखिन्थ्यो । महेन्द्र राजमार्गको छेवैमा चितवन मेडिकल कलेज अगाडि रहेको होटल अशोकाको तल्लो हलमा आएर बसिसकेका थिए मोरङकी दीपा अधिकारी र झापाकी उमिषा उप्रेती । उनीहरू परिविक्रमलाई सुन्न त्यहाँ आएर बसेका थिए […]