अन्तर्राष्ट्रिय हात्ती दिवसमा सौराहाका हात्तीलाई वनभोज

भरतपुर, २७ साउन ।
१२ औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ ।​ युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको प्राङ्गणमा वनभोज खुवाइएको हो ।

हात्ती दिवसको अवसरमा हरेक वर्ष हात्तीलाई फलफूल, सखरसहितको भोजन खुवाइने गरिन्छ । सौराहामा निजी स्तरमा सञ्चालित तथा सरकारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्तीलाई वनभोज खुवाइएको हो । हात्तीलाई पोष्टिक आहारका रूपमा केरा, स्याउ, उखु, खर्बुजा, चना खुवाइएको थियो ।

कार्यक्रममा सहभागीहरूले हात्तीलाई लोप हुनबाट बचाउन यसको आवश्यकता महसुस गरी संरक्षणमा नीतिगत व्यवस्था गर्नुपर्ने बताएका थिए । नेपालमा जंगली तथा घरपालुवा गरी करिब ५ सय हात्ती रहेको तथ्याङ्क छ ।

सन् २०१२ देखि क्यानडाबाट हात्ती दिवस मनाउन सुरु गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट