भरतपुर, २७ साउन ।
बेटर चितवनले आयोजना गरेको कविता प्रतियोगितामा अनुपराज उप्रेती प्रथम भएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरिएको कविता प्रतियोगितामा उत्कृष्ट अंकसहित उप्रेती प्रथम भएका हुन् । उनले युवा आकाङ्क्षा र नेपाल शीर्षकको कविता प्रस्तुत गरेका थिए । उप्रेती गौरीशंकर मावि निजगढ बारामा कक्षा १० मा अध्ययनरत छन् ।
त्यसैगरी रञ्जन पौडेल द्वितीय र केबराज थापाले तृतीय स्थान हासिल गरे । प्रोत्साहन पुरस्कारस्वरुप मनिराम कँडेल, पूजा तिवारी र अस्मिता पाठकलाई पुरस्कृत गरिएको छ ।
प्रतियोगिताका लागि बेटर चितवनले युवा आकाङ्क्षा र नेपाल शीर्षक दिएर कविता आह्वान गरेको थियो । प्राप्त भएका १६ बढी कविता मध्येबाट ६ जनालाई वाचनका लागि प्रस्तुत गरिएको थियो । प्रतियोगिताको निर्णायकमा सरिता तिवारी, गंगा ढुंगाना क्षेत्री र लेखराम सापकोटा रहेका थिए ।





