सेढाईँको `माटाको सुगन्ध´ सार्वजनिक

भरतपुर, २७ साउन ।
लेखक श्यामजी अतिथि सेढाईँको निबन्धसङ्ग्रह `माटाको सुगन्ध´ सार्वजनिक भएको छ ।
स्रस्टाहरू रामबाबु घिमिरे, गोविन्दराज विनोदी, प्राडा नारायणप्रसाद खनाल, इन्द्र रेग्मी, रामहरि श्रेष्ठ र केदारनाथ खनालले पुस्तक विमोचन गरेका हुन् ।

चितवन साहित्य परिषद्ले प्रकाशन गरेको पुस्तकमा २८ वटा निबन्ध रहेका छन् । आत्मपरक शैलीमा लेखिएका सेढाईँका कुनैकुनै निबन्ध नियात्रा शैलीमा पनि रहेका छन् । सेढाईँको यो सङ्ग्रहमा बाल्यकालीन संस्मरण, स्वदेश तथा विदेशको यात्रावृत्तान्त, पूर्वीय संस्कृति प्रेम र आध्यात्मिक एवम् धार्मिक चिन्तन सबै अटाएको चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले बताए । रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले जीवनका भोगाइ र स्वचिन्तन निबन्धका रूपमा आएको बताए । त्रिवेणी साहित्य परिषद्का अध्यक्ष प्राडा नारायणप्रसाद खनालले निबन्धमा राष्ट्रचिन्तन, स्वदेश महिमा, सोचयुक्त जीवनका विविध स्नृतिहरू समेटिएको बताउँदै सबै निबन्धहरूको भाषिक अभिव्यक्ति शैली सरल रहेको बताए । कुल ११४ पृष्ठको पुस्तकको मूल्य २५१ रुपैयाँ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट