इन्टर्‍याक्ट क्लब अफ सनराइजको पदस्थापन

भरतपुर, २७ साउन ।
इन्टर्‍याक्ट क्लब अफ सनराइजको तेस्रो पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम शनिबार सनराइज स्कुलको सभाहलमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष अनुरुप पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि रोटरी क्लब अफ चितवनका अध्यक्ष चन्द्रेश्वरप्रसाद भट्टराई थिए ।
कार्यक्रममा क्षेत्रीय प्रतिनिधि प्रनिश बराल, रोटरी क्लब अफ चितवनका प्रथम उपाध्यक्ष रामचन्द्र अधिकारी, सनराइज स्कुलका भाइस प्रिन्सिपल तथा इन्टर्‍याक्ट कोअर्डिनेटर भूमिराज तिवारी, +२ संयोजक जीवलाल चालिसे, रोटरी तथा रोट्यार्‍क्ट क्लबका विभिन्न पदाधिकारी, निवर्तमान अध्यक्ष अनुस्का जोशी, संस्थापक अध्यक्ष आकार अधिकारी, छिमेकी क्लबका अध्यक्ष तथा प्रतिनिधिहरु तथा निर्वाचित पदाधिकारीहरुका अभिभावकको उपस्थिति रहेको थियो ।
इन्टर्‍याक्टर प्रस्तुति जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन इन्टर्‍याक्टर देवांशु गैरेले गरेका थिए । कार्यक्रममा नृत्यमार्फत स्वागत समेत गरिएको थियो । सोही औपचारिक कार्यक्रमका बिच पद तथा गोपनियताको शपथग्रहण, बैठक पुस्तिका हस्तान्तरणलगायतका कार्यक्रम सम्पन्न भएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्द्रेश्वरप्रसाद भट्टराईले इन्टर्‍याक्ट क्लबको गठन र यसमा सक्रिय सहभागिताले विद्यार्थीहरुमा अनुशासन, नेतृत्व क्षमता र समाजसेवामा थप टेवा पुग्ने बताए । सनराइज स्कुलका भाइस प्रिन्सिपल भूमिराज तिवारीले विगतका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्दै नवगठित समितिका अध्यक्षलगायत सबै पदाधीकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट