जागृति बाल क्लब नेपालको अध्यक्षमा प्रितम कार्की चयन

देवचुली, २६ साउन ।
जागृति बाल क्लबको अध्यक्षमा प्रितम कार्की सर्वसम्मत चयन भएका छन् । क्लबको बिहीबार भएको वार्षिक साधारणसभा तथा १२औं अधिवेशनबाट कार्कीको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा निशा सारु, सचिवमा निर्मल गौतम, सहसचिवमा मोनिका भट्टराई, कोषाध्यक्षमा सिर्जन पाठक र सदस्यहरुमा सागर न्यौपाने, अनसिका भुसाल, राज बिक, सृष्टि बिक, नन्दनी घर्ती मगर, प्रसिद्ध भट्टराई र पूर्णिमा सुरालीलाई चयन गरेको छ । १ जना सदस्यलाई कार्यसमितिको बैठकबाट मनोनयन गर्ने क्लबले जनाएको छ ।

साधारणसभा तथा अधिवेशनको औपचारिक कार्यक्रममा जागृति बाल क्लबका अध्यक्ष शिव पौडेलको अध्यक्षता र देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । अधिवेशनमा देवचुली नगरपालिका- ९ का वडाध्यक्ष बलिराम सापकोटा, देवचुली- १० का वडाध्यक्ष रेप्तीकुमार घर्ती मगर, देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता नारायण पौडेल, जिल्ला बाल संजालका अध्यक्ष कृशला शर्मा, देवचुली नगरपालिका नगर बाल संजालका अध्यक्ष आस्था अधिकारीलगायत जागृति बाल क्लबका पूर्व पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगर उपप्रमुख पार्वता तिवारीले अधिवेशनबाट बालबालिकालाई सहज रुपमा नेतृत्व चयन गर्न र नवनिर्वाचित हुने क्लबलाई सदैव सकृय भएर बालबालिकाको हकहितमा काम गर्न शुभकामना दिएकी थिइन् ।

अधिवेशनमा १४० जना बालबालिकाहरुको उपस्थिति रहेको थियो । जागृति बाल क्लब नेपालकै पहिलो दर्ता भएको बाल क्लब हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट