अन्तर्राष्ट्रिय युवा दिवसमा युथवन उत्सव मनाइँदै

भरतपुर, २५ साउन ।
अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा बेटर चितवनले यस क्षेत्रका १९ गतिशील युवा नेतृत्वको संस्थाहरूसँगको सहकार्यमा युथवन २०२३ : युवा उत्सव आयोजना गर्ने भएको छ ।

साउन २७ गते शनिबार युथवन २०२३ : युवा उत्सवमा चितवनका युवाहरूलाई सहभागितामुलक, मनोरञ्जन र सशक्तीकरण गर्ने विविध कार्यक्रमहरूको श्रृंखलात्मक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रमकमा नवीन विचार र उत्पादनहरूको प्रदर्शनी, सचेतनामुलक नाटक, युवा वहस, मानसिक स्वास्थ्य र लागूपदार्थको लत जस्ता युवा लक्षित महत्त्वपूर्ण विषयहरूलाई समेट्ने गरी विचार-उत्तेजक सत्रहरू समावेश गरिएको कार्यक्रम संयोजक सचिन चापागाईँले जानकारी दिए ।

उत्सवमा युवा अकांक्षा र सपना शीर्षकमा कविता प्रतियोगिता, भरतपुर महानगरपालिकाको घुमौँ भरतपुर- २०८४ अभियानलाई प्रबर्द्धन गर्न भिडियो प्रतियोगिता, स्वस्थ खाना प्रबर्द्धन गर्ने उद्धेश्यले कसले छिटो खाने प्रतियोगिता र ६० सेकेन्ड टु फेम प्रतिभा प्रदर्शनी प्रतियोगिता पनि अयेजना हुनेछ । साथै ट्रेजर हन्ट प्रतियोगिता र सांस्कृतिक तथा सांगीतिक साँझको कार्यक्रम पनि रहेको उनले जानकारी दिए ।

समुदायमा आ-आफ्नो क्षेत्रमा उल्लेखनीय र उत्कृष्ट योगदान दिने तीनजना युवाहरूलाई हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवसमा प्रदान गरिने बेटर युथ अवार्ड र युवा रिकनाइजेसन अवार्ड २०२३ द्वारा सम्मान र पुरस्कृत पनि गरिनेछ । `ब्रेन ड्रेन र ब्रेन गेन´ शीर्षकमा प्यानल छलफलमार्फत युवाको प्रवास पलायन र यसका असरहरूको प्रासंगीक मुद्धालाई सम्बोधन गर्नेछ ।

युथवन २०२३ को सबैभन्दा उल्लेखनीय विशेषता भनेको समावेशीताको प्रतिबद्धता हो । उत्सव सबैका लागि खुला छ । युवा र नवप्रवर्तनको उत्सवमा सहभागी हुन सबै क्षेत्रका युवाहरूलाई स्वागत गर्दै नि:शुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ ।
युथवन २०२३ युवा उत्सवको यो छैटौं शृङ्खला हो । `यस उत्सवले युवाहरूका महत्वपूर्ण मुद्धाहरूमा बहस र छलफल गर्न, युवाका विचारहरू अभिव्यक्त गर्न र अथाह सम्भावना भएका युवाहरूलाई अफ्नो ऊर्जा र रचनात्मक प्रस्तुति गर्न मञ्च प्रदान गर्ने हुँदा हामी हर्षित छौं´ कार्यक्रमका संयोजक चापागाईले भने ।

भरतपुर केन्द्रीय बस टर्मिनल नजिकै रहेको सेरेन होटलमा हुने उक्त उत्सवमा सामेल भएर युवा र नवीनताको शक्तिलाई सँगै मनाउन उत्सवमा सहभागी हुन पनि उनले सबैलाई अनुरोध गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट