नवदुर्गा भवानी साकोसको सुपरिवेक्षण कार्यक्रम

भरतपुर, २५ साउन । भरतपुर-५ शान्तिचोकमा रहेको नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुपरिवेक्षण कार्यक्रम गरेको छ । नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कुन) र चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड (चिस्कुन)को प्राविधिक सहयोगमा संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षता एवं भरतपुर महानगरपालिका वडा नम्बर- ५ का अध्यक्ष युद्धप्रसाद श्रेष्ठको […]

भरतपुरले तोक्यो डेंगी परीक्षण शुल्क, अधिकतम ६ सय रुपैयाँ लाग्ने

चितवन, २५ साउन । भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेंगी परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ । डेंगी परीक्षणका लागि अधिकतम रु ६ सय तोकिएको हो । महानगर प्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताइन् । उनले  महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई […]

बालिका अधिकार संरक्षण बारेमा छलफल

देवचुली, २५ साउन । देवचुलीमा बालिका अधिकार संरक्षणमा बाल क्लबको भूमिकाका विषयक छलफल कार्यक्रम गरिएको छ । राष्ट्रिय बाल सहभागिता दिवसको अवसरमा नवलपुर किशोरी संजालको आयोजनामा जागृति बाल क्लब, जागृति बाल तथा युवा सरोकार नेपाल र एसियन गर्ल्स अभियानको सहकार्यमा देवचुली- १० मा रहेको किशोरी अध्ययन तथा स्रोत केन्द्रमा बालबालिकाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो […]

अन्तर्राष्ट्रिय युवा दिवसमा युथवन उत्सव मनाइँदै

भरतपुर, २५ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा बेटर चितवनले यस क्षेत्रका १९ गतिशील युवा नेतृत्वको संस्थाहरूसँगको सहकार्यमा युथवन २०२३ : युवा उत्सव आयोजना गर्ने भएको छ । साउन २७ गते शनिबार युथवन २०२३ : युवा उत्सवमा चितवनका युवाहरूलाई सहभागितामुलक, मनोरञ्जन र सशक्तीकरण गर्ने विविध कार्यक्रमहरूको श्रृंखलात्मक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रमकमा नवीन […]

भरतपुरमा युवा केन्द्रित लिडरशिप ओडेसि हुँदै

भरतपुर, २५ साउन । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भरतपुरमा वृहत युवा केन्द्रित कार्यक्रम लिडरशिप ओडेसी -२०२३ हुने भएको छ । सो कार्यक्रममा प्रतिनिधिसभा सांसद माननीय सोविता गौतम, लिडरशिप कोच अनिल केशरी शाह र युवा नेता कविन्द्र बुर्लाकोटी प्रमुख वक्ताको रुपमा आउने लिडरशिप ओडेसी २०२३ का संयोजक इन्जिनियर प्रविन काफ्लेले जानकारी दिए । चितवन गार्डेन रिसोर्टमा […]

शाश्वतधाममा हनुमन्त कथावाचन हुँदै

देवचुली, २५ साउन । भारतको प्रख्यात धार्मिक केन्द्र वागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्री (वागेश्वरधाम सरकार)ले देवचुलीस्थित शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने भएका छन् । `हनुमन्त कथावाचन’मा प्रवेशको लागि अनलाइन पास इन्ट्री पास भर्नु पर्ने भएको छ । कार्यक्रम प्रवेशको लागि अनलाइन पास भरेपछि मात्र भक्तजन र सर्वसाधारणले भाग लिन पाउने चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले […]

कैलाश कोइरालाको ‘राजव्यूह’ उपन्यासको विहङ्गावलोकन

म विद्यार्थी छँदा कहिल्यै वीरेन्द्र क्याम्पसमा पढिनँ । कहिल्यै ने.वि.संघ पनि भइनँ । नेपाली काङ्ग्रेसको नजिक पनि गइनँ । त्यसैले कैलाश कोइरालालाई प्रत्यक्ष रुपमा चिनिनँ । नचिन्नु मेरो दोष हो र ? तिनै कैलाश कोइराला हिजोआज साहित्यमा आएका छन् । होलान् साहित्यमा पनि राजनीतिको धङधङी बोकेकाहरु । तर म त्यसको वास्ता गर्दिनँ । साहित्य साहित्य […]

फिल्मी अवार्ड चितवनको लागि गौरव : महाप्रबन्धक कार्की

भरतपुर, २५ साउन । चितवनमा हुन लागेको फिल्मी अवार्डको तयारी तीव्ररुपमा अगाडी बढेको छ । लक्की मिडिया हाउस चितवनले पहिलोपटक लक्की फिल्मी फिल्मी अवार्ड गर्दैछ । अवार्ड कार्यक्रमको प्रचारप्रसारको लागि अहिले मिडिया हाउसको टीम देश दौडाहामा छ । मोफसल टुरको कार्यक्रमपश्चात अहिले देशका मुख्य शहरमा अवार्डको प्रचार भइरहेको छ । आयोजकका अनुसार अवार्डको तयारी अन्तिम […]

बाइडेनलाई धम्की दिने व्यक्तिलाई प्रहरीले गोली हानेर मार्‍यो

एजेन्सी ।  अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य अधिकारीहरू विरुद्ध अनलाइनमा हिंसात्मक धम्की पोस्ट गर्ने एक व्यक्तिलाई प्रहरीले गोली हानेर हत्या गरेको छ । प्रहरीले धम्की दिने व्यक्ति क्रेग रोबर्टसनलाई उटाहको उनको घरमा गिरफ्तार वारेन्ट पेश गर्ने प्रयास गरिरहेका थिए ।  तर उनि भाग्न खोजेपछि एफबीआईको टोलीले गोली हानेर मारेको खबरमा उल्लेख छ । एक […]

प्रधानाध्यापकलाई चिठ्ठी

आदरणीय प्रधानाध्यापक ज्यू, नमस्कार, विद्यालयको प्रधानाध्यापक भएर विद्यालयलाई अग्रगतिमा लैजाने प्रयास गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना । नेपालको संविधानको भाग ३ मा मौलिक हकको व्यवस्था गरिएको र सोहीअनुरूप धारा ३१ मा शिक्षासम्बन्धी हकको पनि व्यवस्था गरिएको छ । शिक्षा हरेक नागरिकले पाउनुपर्ने आधारभूत हक हो, जसका कारण संविधानले पनि माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क […]